नेभिगेशन
सबै कुरा

चुनाव अघिको गठबन्धनले जनता खुसी छैनन् : महामन्त्री थापा

पश्चिम नवलपरासी : समुदायमा काँग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा नवलपरासी पश्चिम पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावअघि गरिएको गठबन्धनले जनतामा निराशा छाएको बताएका छन । उनले यहि अवस्था रहिरहे जनताको उत्साह झन मर्दै जाने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचन जितेको ठाँऊ होस या हारेको ठाँऊ सबै ठाँऊका नेता, कार्यकर्ता तथा जनतामा व्यापक निराशा छाएको बताए । उनले पार्टीले नीति नै बनाएर सच्चिनुपर्नेमा कुनै विकल्प नभएको बताए। 

Ncell
Extreme Energy

त्यस्तै उनले यात्राका क्रममा आफूले फरक फरक भेगमा फरक फरक समस्या देखेको बताए । उनले कतै मिटरव्याजी, सहकारीका समस्या त कतै हात्ती तथा निलगाँईका समस्या टट्कारो रहेको बताए । जनताको जीवनस्तर उकास्न राज्यले गरेका लगानीमा समयमै आयोजना सम्पन्न नहुदाँ जनता थप पिडामा परेको बताएका छन् । 

लामो समयदेखि निर्माणाधिन रहेको हुलाकी राजमार्गले किसानको आयस्तरमा  वृद्धि हुने सोचिएपनि त्यसमा राज्यको ध्यान पुग्न नसक्दा किसानले कुनै प्रतिफल प्राप्त गर्न नसकेको आरोप लगाएका छन् । ‘विभिन्न अलपत्र आयोजनाका विषयमा संघीय अर्थात काठमाडौँको सरकारको ध्यान पुगेको छैन । फलत आयोजनाले जनता निराश भएका छन ।’, उनले भने । 

त्यस्तै उनले नेपालको कृषिमा क्रान्ति ल्याउने हो भने अबको तीन वर्ष सिँचाइ लगायतका पूर्वाधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले अनुत्पादक क्षेत्रमा गरिएको ठुलो मात्राको लगानी कटौती गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । 

थापाले काँग्रेस नेता तथा पूर्व मन्त्री केशव बहादुर बुढाथोकीको निधनले गर्दा संवाद यात्रा तत्कालका लागि टुंग्याएका छन्  । उनले फागुनको दोश्रो साताबाट संवाद यात्रा पुनः नवलपरासीबाटै सुरु गर्ने जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।