नेभिगेशन
सबै कुरा

चुनाव अघिको गठबन्धनले जनता खुसी छैनन् : महामन्त्री थापा

पश्चिम नवलपरासी : समुदायमा काँग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा नवलपरासी पश्चिम पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावअघि गरिएको गठबन्धनले जनतामा निराशा छाएको बताएका छन । उनले यहि अवस्था रहिरहे जनताको उत्साह झन मर्दै जाने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचन जितेको ठाँऊ होस या हारेको ठाँऊ सबै ठाँऊका नेता, कार्यकर्ता तथा जनतामा व्यापक निराशा छाएको बताए । उनले पार्टीले नीति नै बनाएर सच्चिनुपर्नेमा कुनै विकल्प नभएको बताए। 

Ncell
Extreme Energy

त्यस्तै उनले यात्राका क्रममा आफूले फरक फरक भेगमा फरक फरक समस्या देखेको बताए । उनले कतै मिटरव्याजी, सहकारीका समस्या त कतै हात्ती तथा निलगाँईका समस्या टट्कारो रहेको बताए । जनताको जीवनस्तर उकास्न राज्यले गरेका लगानीमा समयमै आयोजना सम्पन्न नहुदाँ जनता थप पिडामा परेको बताएका छन् । 

लामो समयदेखि निर्माणाधिन रहेको हुलाकी राजमार्गले किसानको आयस्तरमा  वृद्धि हुने सोचिएपनि त्यसमा राज्यको ध्यान पुग्न नसक्दा किसानले कुनै प्रतिफल प्राप्त गर्न नसकेको आरोप लगाएका छन् । ‘विभिन्न अलपत्र आयोजनाका विषयमा संघीय अर्थात काठमाडौँको सरकारको ध्यान पुगेको छैन । फलत आयोजनाले जनता निराश भएका छन ।’, उनले भने । 

त्यस्तै उनले नेपालको कृषिमा क्रान्ति ल्याउने हो भने अबको तीन वर्ष सिँचाइ लगायतका पूर्वाधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले अनुत्पादक क्षेत्रमा गरिएको ठुलो मात्राको लगानी कटौती गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । 

थापाले काँग्रेस नेता तथा पूर्व मन्त्री केशव बहादुर बुढाथोकीको निधनले गर्दा संवाद यात्रा तत्कालका लागि टुंग्याएका छन्  । उनले फागुनको दोश्रो साताबाट संवाद यात्रा पुनः नवलपरासीबाटै सुरु गर्ने जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।