नेभिगेशन
सबै कुरा

‘सांसद मन्त्रीले तलब नपाएको कहिल्यै सुनिदैन, खेलाडीलाई उपेक्षा किन ?’ सांसद गणेश पराजुली

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापछि गणेश पराजुलीले सरकारले क्रिकेट खेलाडीका लागि घोषणा गरेकाे पुरस्कार रकम अहिलेसम्म उपलब्ध नगराइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले खेलाडीका लागि घोषणा गरिएको रकम तत्काल उनीहरुको खातामा पठाउन माग गरे । ‘खेलाडी राष्ट्रका गहना हुन् । हामी सबैलाई थाहा छ । तिनै गहनामाथि बाराम्बार भद्दा मजाक किन गरिन्छ ?’ सांसद पराजुलीले भने, ‘म सम्माननीय सभामुखमार्फत प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई सोध्न चाहन्छु ।’

Ncell
Extreme Energy

पराजुलीले स्वयं प्रधानमन्त्रीकाे उपस्थितीमा एक वर्षअघि राष्ट्रिय क्रिकेट टोली र अन्डर १९ क्रिकेट टोलीलाई घोषणा गरिएको स्मरण गर्दै खेलाडीमाथि यस्तो मजाक र उपेक्षा किन ? भन्दै प्रश्न गरे । 

उनले थपे, ‘जनप्रतिनिधि र सरकारमा रहेका मन्त्री तथा संघीय सांसद कसैले पनि तलब भत्ता नपाएको भन्ने सुनिएको छैन । तर,राज्यसँग पैसा भनेर खेलाडीलाई घोषणा गरिएको पुरस्कार राशी पनि उपलब्ध गराउन नसक्नु कतिसम्म लाजामर्दो विषय हो ? यस विषयमा ओठे जवाफ होइन खेलाडीको खातामा तत्काल रकम जम्मा गर्न आग्रह गर्दछु ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।