नेभिगेशन
सबै कुरा

‘सांसद मन्त्रीले तलब नपाएको कहिल्यै सुनिदैन, खेलाडीलाई उपेक्षा किन ?’ सांसद गणेश पराजुली

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापछि गणेश पराजुलीले सरकारले क्रिकेट खेलाडीका लागि घोषणा गरेकाे पुरस्कार रकम अहिलेसम्म उपलब्ध नगराइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले खेलाडीका लागि घोषणा गरिएको रकम तत्काल उनीहरुको खातामा पठाउन माग गरे । ‘खेलाडी राष्ट्रका गहना हुन् । हामी सबैलाई थाहा छ । तिनै गहनामाथि बाराम्बार भद्दा मजाक किन गरिन्छ ?’ सांसद पराजुलीले भने, ‘म सम्माननीय सभामुखमार्फत प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई सोध्न चाहन्छु ।’

Ncell
Extreme Energy

पराजुलीले स्वयं प्रधानमन्त्रीकाे उपस्थितीमा एक वर्षअघि राष्ट्रिय क्रिकेट टोली र अन्डर १९ क्रिकेट टोलीलाई घोषणा गरिएको स्मरण गर्दै खेलाडीमाथि यस्तो मजाक र उपेक्षा किन ? भन्दै प्रश्न गरे । 

उनले थपे, ‘जनप्रतिनिधि र सरकारमा रहेका मन्त्री तथा संघीय सांसद कसैले पनि तलब भत्ता नपाएको भन्ने सुनिएको छैन । तर,राज्यसँग पैसा भनेर खेलाडीलाई घोषणा गरिएको पुरस्कार राशी पनि उपलब्ध गराउन नसक्नु कतिसम्म लाजामर्दो विषय हो ? यस विषयमा ओठे जवाफ होइन खेलाडीको खातामा तत्काल रकम जम्मा गर्न आग्रह गर्दछु ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।