नेभिगेशन
सबै कुरा

रविको गगनलाई जवाफ: बेथितिको ऐना आफ्नै दल भित्र चियाएर हेर्ने कि ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बेथितिको ऐना आफ्नै दल भित्र चियाएर हेर्न आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देशको बेथिति सत्ता साझेदार दल भित्रै झाँगिएको भन्दै उनले सरकार चलाएर बस्ने दलले बेथितिको विरुद्ध किन काम नगरेको भन्दै प्रतिप्रश्न पनि गरे ।  नयाँ दल र पार्टीका कारण मुलुकमा बेथिति मौलाएको जस्तो गरी छेडखानीमा सत्तारुढ दलका सांसदहरू प्रस्तुत भएको लामिछानेको आरोप थियो ।

Ncell
Extreme Energy

‘पुराना दलहरूले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू अझै पदाधिकारीको रुपमा रहन्छन् । त्यहाँ हेर्ने हो कि ?’ सभापति लामिछानेले भने, ‘सरकारी जग्गा देखि नागरिकता किर्ते गर्नेसम्म सबै थाहा पाएर बसेको सत्तारुढ दलका नेतालाई कारबाही गर्न कसले रोक्यो । सत्तारुढ दलका नेताहरुको कुरा सुनियो । कुरा सुन्दा थाहा नभएको केही रहेनछ । सबै थाहा रहेछ । कहाँ बेतिथि भएको छ, कहाँ बेसंगति भएको छ, कहाँ सुधार गर्नुपर्ने छ । के ग¥यो भने उपलब्धि हाँसिल गर्न सकिने रहेछ, सबै थाहा रहेछ । तर,नगरेको चाहीँ किन ? रोकेको कस्ले ?’

वर्षौंदेखि चल्दै आएको संसदलाई आरोप प्रत्यारोप र छेडखानी गर्ने ठाउँभन्दा फरक ढंगले जाऔं भन्ने प्रस्ताव सहित आएको भन्दै लामिछानेले यदि धोचपेच गर्ने थलो बनाउने हो भने एक पटक सुरुआत आफ्नै दलबाट सुरु गर्न आग्रह गरे । गगन थापा लक्षित उनको सम्बोधनमा नयाँ दलतिर फर्केर हेर्न खोजेको हो भने नयाँ दल ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल भएको समेत बताए । 

विश्वविद्यालयलाई राजनीतिक मुक्त गर्छु भनेर गरिएको भाषणलाई कार्यरुप दिनलाई विश्वविद्यालयमा भ्रातृ संगठन नराख्ने निर्णय गरेर काम अघि बढाउन पनि उनले सत्तारुढ दललाई आग्रह गरे । 

‘सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ?’ लामिछानेले थपे, ‘सरकारमै भए जस्तो लाग्छ । लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वषौं बिते जस्तो लाग्छ । रोकेछ चाहिँ केले, नयाँ दलले ? 

लामिछाने भन्दा अघि संसदमा विशेष समय लिएर बोलेका कांग्रेसका महामन्त्री थापाले सरकारी जग्गा हडप्ने, सहकारी ठगी र नक्कली नागरिकता किर्ते प्रकरणमा जोडिएकाहरु जतिसुकै शक्तिशाली भए पनि कारबाही गरिनु पर्ने बताएका थिए । 

 गगन थापा लक्षित उनकाे सम्बाेधनमा गगन थापालाई आफ्नै दलतिर फर्केर हेर्न पनि लामिछानेले सु हेर्दा पनि हुन्छ होला । नयाँ दलतिर फर्केर हेर्न खोजेको हो भने नयाँ दल त ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल हो । 

पुराना दलहरुले एक पटक आफ्नाे दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरु अझै पदाधिकारीको रुपमा रहन्छन्। त्यहाँ हेर्ने हो कि ? विश्व विद्यालयलाई राजनीतिक मुक्त गर्छु भनेर गरिएको भाषणलाई कार्यरुप दिनलाई विश्वविद्यालयमा भ्रातृ संगठन नराख्ने निर्णय गरेर काम अघि बढाउने हो कि ? 

सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ? सरकारमै भए जस्तो लाग्छ । लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वर्षौं बिते जस्तो लाग्छ । रोकेछ चाहिँ केले, नयाँ दलले ?


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।