नेभिगेशन
सबै कुरा

रविको गगनलाई जवाफ: बेथितिको ऐना आफ्नै दल भित्र चियाएर हेर्ने कि ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बेथितिको ऐना आफ्नै दल भित्र चियाएर हेर्न आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देशको बेथिति सत्ता साझेदार दल भित्रै झाँगिएको भन्दै उनले सरकार चलाएर बस्ने दलले बेथितिको विरुद्ध किन काम नगरेको भन्दै प्रतिप्रश्न पनि गरे ।  नयाँ दल र पार्टीका कारण मुलुकमा बेथिति मौलाएको जस्तो गरी छेडखानीमा सत्तारुढ दलका सांसदहरू प्रस्तुत भएको लामिछानेको आरोप थियो ।

Extreme Energy
citizen life

‘पुराना दलहरूले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू अझै पदाधिकारीको रुपमा रहन्छन् । त्यहाँ हेर्ने हो कि ?’ सभापति लामिछानेले भने, ‘सरकारी जग्गा देखि नागरिकता किर्ते गर्नेसम्म सबै थाहा पाएर बसेको सत्तारुढ दलका नेतालाई कारबाही गर्न कसले रोक्यो । सत्तारुढ दलका नेताहरुको कुरा सुनियो । कुरा सुन्दा थाहा नभएको केही रहेनछ । सबै थाहा रहेछ । कहाँ बेतिथि भएको छ, कहाँ बेसंगति भएको छ, कहाँ सुधार गर्नुपर्ने छ । के ग¥यो भने उपलब्धि हाँसिल गर्न सकिने रहेछ, सबै थाहा रहेछ । तर,नगरेको चाहीँ किन ? रोकेको कस्ले ?’

वर्षौंदेखि चल्दै आएको संसदलाई आरोप प्रत्यारोप र छेडखानी गर्ने ठाउँभन्दा फरक ढंगले जाऔं भन्ने प्रस्ताव सहित आएको भन्दै लामिछानेले यदि धोचपेच गर्ने थलो बनाउने हो भने एक पटक सुरुआत आफ्नै दलबाट सुरु गर्न आग्रह गरे । गगन थापा लक्षित उनको सम्बोधनमा नयाँ दलतिर फर्केर हेर्न खोजेको हो भने नयाँ दल ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल भएको समेत बताए । 

विश्वविद्यालयलाई राजनीतिक मुक्त गर्छु भनेर गरिएको भाषणलाई कार्यरुप दिनलाई विश्वविद्यालयमा भ्रातृ संगठन नराख्ने निर्णय गरेर काम अघि बढाउन पनि उनले सत्तारुढ दललाई आग्रह गरे । 

‘सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ?’ लामिछानेले थपे, ‘सरकारमै भए जस्तो लाग्छ । लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वषौं बिते जस्तो लाग्छ । रोकेछ चाहिँ केले, नयाँ दलले ? 

लामिछाने भन्दा अघि संसदमा विशेष समय लिएर बोलेका कांग्रेसका महामन्त्री थापाले सरकारी जग्गा हडप्ने, सहकारी ठगी र नक्कली नागरिकता किर्ते प्रकरणमा जोडिएकाहरु जतिसुकै शक्तिशाली भए पनि कारबाही गरिनु पर्ने बताएका थिए । 

 गगन थापा लक्षित उनकाे सम्बाेधनमा गगन थापालाई आफ्नै दलतिर फर्केर हेर्न पनि लामिछानेले सु हेर्दा पनि हुन्छ होला । नयाँ दलतिर फर्केर हेर्न खोजेको हो भने नयाँ दल त ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल हो । 

पुराना दलहरुले एक पटक आफ्नाे दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरु अझै पदाधिकारीको रुपमा रहन्छन्। त्यहाँ हेर्ने हो कि ? विश्व विद्यालयलाई राजनीतिक मुक्त गर्छु भनेर गरिएको भाषणलाई कार्यरुप दिनलाई विश्वविद्यालयमा भ्रातृ संगठन नराख्ने निर्णय गरेर काम अघि बढाउने हो कि ? 

सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ? सरकारमै भए जस्तो लाग्छ । लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वर्षौं बिते जस्तो लाग्छ । रोकेछ चाहिँ केले, नयाँ दलले ?


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...
सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको हो ।  यसैगरी बैठकले  सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश...