नेभिगेशन
सबै कुरा

त्रिविको उपकुलपतिको सर्टलिष्टमा बाहलवालादेखि पूर्व उपकुलपतिसम्म

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका ४३ मध्ये १४ जनाको नाम सर्ट लिस्ट गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि उपकुलपति छनोट समितिले बिहिबार राति नियुक्तिका लागि छनोटमा परेका १४ जनाको नामावली सार्वजनिक गरेको हो । सर्ट लिस्टमा पर्नेहरुमा  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.तीर्थ खनियाँ पनि परेका छन् । बौद्धिक चोरीको आरोप लागेका खनियाँ यसअघि उपकुलपति हुँदा पनि सम्बन्ध दिँदामा विवादमा परेका थिए । साथै उनि काँग्रेसका महासमिति सदस्य समेत भैसकेका व्यक्ती हुन् । 

Ncell
Extreme Energy

यस्तै त्रिविका कार्यवाहक उपकुलपति शिवलाल भुसाल पनि सिफारीसमा परेका छन् । उनि पनि रेक्टर भएका बेला सूचना लुकाएको भन्दै राष्ट्रिय सूचना आयोगले ५ हजार जरिवार गरेको थियो । उनले उत्तर पुस्तिका नष्ट गरेको आयोगको ठहर थियो । 

उपकुलपतिका लागि सिफारीस हुनेहरुमा अर्थशास्त्रका प्राध्यापक सूर्यबहादुर थापा, त्रिवि मानविकी संकायकी डिन कुशुम शाक्य, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल,त्रिवि कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी, त्रिवि शिक्षा संकायका डिन चित्र बहादुर बुढाथोकी, त्रिविकै इतिहासका प्राध्यापक ज्ञानेन्द्र प्रसाद पौड्याल रहेका छन् । यस्तै 

केन्द्रीय गणित विभागका प्रमुख टंकनाथ धमला, पूर्व सह परीक्षा नियन्त्रक नारायण प्रसाद वेलवासे, माइक्रोबाइलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, व्यवस्थापन विभागका पूर्व प्रमुख भोजराज अर्याल, जनसङ्ख्या विषयका प्राध्यापक महेन्द्र प्रसाद शर्मा, रसायन शास्त्र विभागका पूर्व प्रमुख रामचन्द्र बस्नेत पनि सर्ट लिस्टमा परेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...