नेभिगेशन
सबै कुरा

त्रिविको उपकुलपतिको सर्टलिष्टमा बाहलवालादेखि पूर्व उपकुलपतिसम्म

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका ४३ मध्ये १४ जनाको नाम सर्ट लिस्ट गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि उपकुलपति छनोट समितिले बिहिबार राति नियुक्तिका लागि छनोटमा परेका १४ जनाको नामावली सार्वजनिक गरेको हो । सर्ट लिस्टमा पर्नेहरुमा  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.तीर्थ खनियाँ पनि परेका छन् । बौद्धिक चोरीको आरोप लागेका खनियाँ यसअघि उपकुलपति हुँदा पनि सम्बन्ध दिँदामा विवादमा परेका थिए । साथै उनि काँग्रेसका महासमिति सदस्य समेत भैसकेका व्यक्ती हुन् । 

Ncell
Extreme Energy

यस्तै त्रिविका कार्यवाहक उपकुलपति शिवलाल भुसाल पनि सिफारीसमा परेका छन् । उनि पनि रेक्टर भएका बेला सूचना लुकाएको भन्दै राष्ट्रिय सूचना आयोगले ५ हजार जरिवार गरेको थियो । उनले उत्तर पुस्तिका नष्ट गरेको आयोगको ठहर थियो । 

उपकुलपतिका लागि सिफारीस हुनेहरुमा अर्थशास्त्रका प्राध्यापक सूर्यबहादुर थापा, त्रिवि मानविकी संकायकी डिन कुशुम शाक्य, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल,त्रिवि कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी, त्रिवि शिक्षा संकायका डिन चित्र बहादुर बुढाथोकी, त्रिविकै इतिहासका प्राध्यापक ज्ञानेन्द्र प्रसाद पौड्याल रहेका छन् । यस्तै 

केन्द्रीय गणित विभागका प्रमुख टंकनाथ धमला, पूर्व सह परीक्षा नियन्त्रक नारायण प्रसाद वेलवासे, माइक्रोबाइलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, व्यवस्थापन विभागका पूर्व प्रमुख भोजराज अर्याल, जनसङ्ख्या विषयका प्राध्यापक महेन्द्र प्रसाद शर्मा, रसायन शास्त्र विभागका पूर्व प्रमुख रामचन्द्र बस्नेत पनि सर्ट लिस्टमा परेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...