नेभिगेशन
समाज

अदालतमा मुद्दाको चाप घटाउन मेलमिलाप माध्यम प्रभावकारी हुन्छ: कानुनमन्त्री सोविता गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मुद्दामामिलामा न्यायको अर्थ फैसला सुनाउनु मात्र नभई विवादको न्यायोचित समाधान खोज्नु रहेको बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतहरूमा मुद्दाको चाप निरन्तर बढिरहेको वर्तमान सन्दर्भमा मेलमिलाप नै न्यायमा सहज पहुँच, समय र खर्चको बचतका साथै सामाजिक सद्भाव कायम राख्ने प्रभावकारी माध्यम भएको उनको भनाइ छ ।

Marvel
Extreme Energy

संसदीय समितिमा छलफलको क्रममा रहेको ‘मेलमिलापसम्बन्धी कानुन संशोधन विधेयक’ माथि सरोकारवालाहरूसँग भएको छलफलमा सहभागी हुँदै मन्त्री गौतमले मेलमिलापले हार-जितभन्दा सहमति, द्वन्द्वभन्दा संवाद र कटुताभन्दा सम्बन्ध सुधारलाई प्राथमिकता दिने स्पष्ट पारिन् ।

'हाम्रो लक्ष्य अदालतमा मुद्दाको सङ्ख्या घटाउनु मात्र होइन, नागरिकलाई दिइने न्यायलाई छिटो, सरल, सुलभ र नागरिकमैत्री बनाउनु हो,' उनले भनिन् ।

सरकारले संसदमा दर्ता गराएको उक्त विधेयकलाई थप व्यावहारिक र नागरिकमैत्री बनाउन सरोकारवालाहरूबाट प्राप्त सुझाव र विचारहरूलाई महत्त्वपूर्ण रूपमा लिइएको पनि उनले जानकारी दिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रालयभित्रै ऊर्जामन्त्री श्रेष्ठको छड्के, कामलाई थप प्रभावकारी बनाउन निर्देशन

मन्त्रालयभित्रै ऊर्जामन्त्री श्रेष्ठको छड्के, कामलाई थप प्रभावकारी बनाउन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन् ।
कोप सम्मेलनमा नेपालले उठाउने एजेण्डाबारे सभापति लामिछानेलाई ब्रिफिङ

कोप सम्मेलनमा नेपालले उठाउने एजेण्डाबारे सभापति लामिछानेलाई ब्रिफिङ

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै जाने मन्त्रीसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरी सम्मेलनको तयारी...
तिहारमा कस्तो रहला मौसम ?

तिहारमा कस्तो रहला मौसम ?

ममता काफ्लेको शव टुक्रा टुका पारेर फोहोर फ्याँक्ने कन्टेनरमा हालेको नरेश भट्टले स्वीकारे

ममता काफ्लेको शव टुक्रा टुका पारेर फोहोर फ्याँक्ने कन्टेनरमा हालेको नरेश भट्टले स्वीकारे

चर्चित ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टले अदालतमा आफ्नो बयान फेर्दै सनसनीपूर्ण खुलासा गरेका छन् ।