नेभिगेशन
समाज

बालगृहका बालबालिकाले एकअर्कालाई टीका लगाएर मनाए भाइटीका

म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले एकअर्कालाई टीका र माला लगाएर सामूहिक रूपमा भाइटीका मनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यमपञ्चकको अन्तिम दिन बुधबार नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका मनाएका हुन् ।

Marvel
Extreme Energy

तिहारका बेला बालबालिकाले एक्लोपन महसुस नगरून् भन्ने उद्देश्यले सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले बताए ।

बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको शाक्यले जानकारी दिए ।

उनले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरेर भाइटीका कार्यक्रम आयोजना गरेका हुन् । बालगृहमा विगत चार वर्षदेखि हरेक तिहारमा सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पटाकाले जोखिममा पाँचतल्ले मन्दिर, स्थानीयले उठाए सम्पदा संरक्षणको प्रश्न

पटाकाले जोखिममा पाँचतल्ले मन्दिर, स्थानीयले उठाए सम्पदा संरक्षणको प्रश्न

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित ऐतिहासिक पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काइएपछि सम्पदाको सुरक्षा र मानव स्वास्थ्यलाई लिएर स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
भाइटीकाको दिनमा किन पर्‍यो असिनापानी ? यस्ता हुनसक्छन् कारण

भाइटीकाको दिनमा किन पर्‍यो असिनापानी ? यस्ता हुनसक्छन् कारण

एक साताअघि मौसमविद् विनोद पोखरेलले तिहारको मौसम प्रक्षेपण गर्दै भाइटीकाको दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा हुने बताएका थिए। उनले यो वर्षातको तीव्रता आकलन गर्दै ५०...
इरानी धम्कीपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा

इरानी धम्कीपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा

इरानबाट ज्यान मार्ने धम्की आएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वासिङ्टनस्थित आफ्नो निवास छाडेर सैन्य बेसमा बसाइँ सरेका छन् ।
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् ।