नेभिगेशन
समाज

पटाकाले जोखिममा पाँचतल्ले मन्दिर, स्थानीयले उठाए सम्पदा संरक्षणको प्रश्न

ख्वप (भक्तपुर) । विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित ऐतिहासिक पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काइएपछि सम्पदाको सुरक्षा र मानव स्वास्थ्यलाई लिएर स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल संवत् ११४७ को स्वागतमा मङ्गलबार राति निकालिएको ‘न्हुदँया भिन्तुना’ र्‍यालीमा सहभागी तथा आन्तरिक पर्यटकले टौमढी क्षेत्रमा राति करिब ८ बजेदेखि मध्यरातिसम्म सयौँ पटाका पड्काएका थिए ।

Marvel
Extreme Energy

सयौँ वर्ष पुराना काठका संरचना रहेको मन्दिर परिसरमा पटाकाबाट निस्कने आगोका झिल्काले आगलागी हुनसक्ने जोखिम रहेको स्थानीयको भनाइ छ । उनीहरूले सांस्कृतिक उत्सव मनाउने नाममा ऐतिहासिक सम्पदालाई जोखिममा पार्नु गैरजिम्मेवार व्यवहार भएको बताएका छन् ।

स्थानीय केपी छुस्याकीले सामाजिक सञ्जालमा लेख्दै सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुमाउँदा मानिसमा विवेक हराउने टिप्पणी गरेका छन् । भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको उनको भनाइ छ ।

त्यस्तै, स्थानीय अनिल पाउँले पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा कारबाही गर्न माग गरेका छन् ।

मङ्गलबार राति घटनास्थलमा पुगेका राससकर्मीका अनुसार पटाकाको चर्को आवाज र धुवाँले आसपासका सर्वसाधारणलाई सास्ती भएको थियो । धुवाँका कारण श्वास फेर्नसमेत कठिन भएको थियो । पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटनासमेत देखिएको थियो । समयमै ध्यान दिइएकाले सम्भावित दुर्घटना टरेको थियो ।

घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति रहे पनि पटाका पड्काउनेको सङ्ख्या धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको एक सुरक्षाकर्मीले बताएका थिए । उनका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना जारी गर्दै आएको थियो भने केही व्यक्तिलाई नियन्त्रणमा पनि लिइएको थियो ।

स्थानीयवासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँले टौमढी तथा आसपासका बासिन्दा प्रभावित भएको बताए । राति अबेरसम्म पटाका पड्काइँदा स्थानीयले सुत्न नपाएको र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या भएको उनको भनाइ छ ।

पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन् । यस्ता प्रदूषकले आँखा, नाक र घाँटीमा जलन, खोकी तथा दमका बिरामीलाई श्वासप्रश्वासमा समस्या गराउन सक्छन् । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा मुटु र फोक्सोसम्बन्धी समस्या भएका व्यक्ति बढी जोखिममा पर्न सक्छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणमा लामो समयसम्म रहँदा फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छन् । यद्यपि, एकपटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन । त्यसको जोखिम प्रदूषणको मात्रा, सम्पर्क अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ ।

विश्वसम्पदा क्षेत्रमा पर्ने पाँचतल्ले मन्दिरजस्तो ऐतिहासिक सम्पदाको संरक्षण राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी हो । विशेषगरी पुराना काठका संरचनामा आगोको झिल्का पर्दा ठूलो क्षति हुनसक्ने भएकाले यस्ता क्षेत्रमा पटाका पड्काउन पूर्ण रूपमा रोक लगाउनुपर्ने स्थानीयको माग छ ।

तिहारको अन्तिम दिनसमेत यस्ता गतिविधि नदोहोरिऊन् र पर्व मनाउने नाममा मानव स्वास्थ्य तथा ऐतिहासिक सम्पदा जोखिममा नपरून् भन्ने उनीहरूको अपेक्षा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालगृहका बालबालिकाले एकअर्कालाई टीका लगाएर मनाए भाइटीका

बालगृहका बालबालिकाले एकअर्कालाई टीका लगाएर मनाए भाइटीका

म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले एकअर्कालाई टीका र माला लगाएर सामूहिक रूपमा भाइटीका मनाएका छन् ।
भाइटीकाको दिनमा किन पर्‍यो असिनापानी ? यस्ता हुनसक्छन् कारण

भाइटीकाको दिनमा किन पर्‍यो असिनापानी ? यस्ता हुनसक्छन् कारण

एक साताअघि मौसमविद् विनोद पोखरेलले तिहारको मौसम प्रक्षेपण गर्दै भाइटीकाको दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा हुने बताएका थिए। उनले यो वर्षातको तीव्रता आकलन गर्दै ५०...
इरानी धम्कीपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा

इरानी धम्कीपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा

इरानबाट ज्यान मार्ने धम्की आएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वासिङ्टनस्थित आफ्नो निवास छाडेर सैन्य बेसमा बसाइँ सरेका छन् ।
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् ।