नेभिगेशन
समाज

मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलबार साँझ करिब ५ बजे इनरुवा–५ को भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

Marvel
Extreme Energy

दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री घाइते भएका थिए । घाइतेमध्ये स्कुटरमा पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी सात वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चिकित्सकले उनलाई साँझ ५ः४५ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा स्कुटर चालक इनरुवा–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार, मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा साइकलयात्री इनरुवा–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल घाइते भएका छन् ।

घाइते पाँचै जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पटाकाले जोखिममा पाँचतल्ले मन्दिर, स्थानीयले उठाए सम्पदा संरक्षणको प्रश्न

पटाकाले जोखिममा पाँचतल्ले मन्दिर, स्थानीयले उठाए सम्पदा संरक्षणको प्रश्न

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित ऐतिहासिक पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काइएपछि सम्पदाको सुरक्षा र मानव स्वास्थ्यलाई लिएर स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
बालगृहका बालबालिकाले एकअर्कालाई टीका लगाएर मनाए भाइटीका

बालगृहका बालबालिकाले एकअर्कालाई टीका लगाएर मनाए भाइटीका

म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले एकअर्कालाई टीका र माला लगाएर सामूहिक रूपमा भाइटीका मनाएका छन् ।
भाइटीकाको दिनमा किन पर्‍यो असिनापानी ? यस्ता हुनसक्छन् कारण

भाइटीकाको दिनमा किन पर्‍यो असिनापानी ? यस्ता हुनसक्छन् कारण

एक साताअघि मौसमविद् विनोद पोखरेलले तिहारको मौसम प्रक्षेपण गर्दै भाइटीकाको दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा हुने बताएका थिए। उनले यो वर्षातको तीव्रता आकलन गर्दै ५०...
इरानी धम्कीपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा

इरानी धम्कीपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा

इरानबाट ज्यान मार्ने धम्की आएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वासिङ्टनस्थित आफ्नो निवास छाडेर सैन्य बेसमा बसाइँ सरेका छन् ।