नेभिगेशन
सबै कुरा

एनआरएनए नविकरण गर्न उच्च अदालतद्वारा परमादेश जारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तत्काल नवीकरण गर्न उच्च अदालत पाटनले परमादेश जारी गरेको छ । नविकरणको लागि सबै प्रक्रिया तथा कागजात पुरा गरी दस्तुर पनि बुझाईसक्दा पनि परराष्ट्र मन्त्रालयले बिनाकारण नविकरण नगरी राखेको भन्दै अध्यक्ष बद्री केसी अदालत पुगेका थिए । उक्त रिट पुस ११ गते उच्च अदालत पाटनमा दर्ता भएको थियो । 

अदालतले उक्त रिट उपर पुस १२ गते प्ररम्भिक सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । 

Global Ime Bank

सो रिटमा न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले नविकरण गर्न परमादेश जारी गरेको हो । परराष्ट्र मन्त्रालयले एनआरएनएको नविकरण सम्बन्धी फाइल ६ महिनादेखि रोकेर राखेको थियो । यसरी फाइल रोकेर राख्नुमा संघलाई निश्क्रिय पार्ने प्रयास भएको भन्दै आलोचना भईरहेको छ । 

कानुनमा प्रत्येक १० वर्षमा संघ नविकरण गर्नुपर्ने उल्लेख छ । भदौमा नै नविकरणको प्रक्रिया अनुसार कागजपत्र बुझाइएको भएपनि हुन मन्त्रालयमै अड्किएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२...
नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढ्यो

नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो ।
अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको बताएका छन् ।
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ठमेलका पर्यटन व्यवसायीले गरे हस्ताक्षर संकलन

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ठमेलका पर्यटन व्यवसायीले गरे हस्ताक्षर संकलन

रास्वपाका सभापति एवं सांसद रवि लामिछाने माथिको राजनीतिक प्रतिशोधविरुद्ध काठमाडौंको ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरू हस्ताक्षर संकलन अभियानमा सञ्चालन गरेका छन्।

भर्खरै