नेभिगेशन
सबै कुरा

कपिलवस्तु बस दुर्घटनाः मृतक १० जनाको सनाखत, भीमदत्त नगरपालिका ६ जना

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान महेन्द्रनगरबाट काठमाडौं आउदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षी उमेश भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी रहेका छन् ।

यस्तै  भीमदत्त नगरपालिका १६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त २ का सुदीप भट्ट र भीमदत्त ९ का बिसनदत्त भट्ट रहेका छन् । 

दुर्घटनामा घाइते भएका ३० जना मध्ये ९ जनाको बुटवल र अन्यको कपिलवस्तुमा उपचार भैरहेको  प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।
बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई उनीहरूको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।

भर्खरै