नेभिगेशन
सबै कुरा

कपिलवस्तु बस दुर्घटनाः मृतक १० जनाको सनाखत, भीमदत्त नगरपालिका ६ जना

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । 

आज बिहान महेन्द्रनगरबाट काठमाडौं आउदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

Global Ime Bank

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षी उमेश भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी रहेका छन् ।

यस्तै  भीमदत्त नगरपालिका १६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त २ का सुदीप भट्ट र भीमदत्त ९ का बिसनदत्त भट्ट रहेका छन् । 

दुर्घटनामा घाइते भएका ३० जना मध्ये ९ जनाको बुटवल र अन्यको कपिलवस्तुमा उपचार भैरहेको  प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२...
नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढ्यो

नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो ।
अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको बताएका छन् ।
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ठमेलका पर्यटन व्यवसायीले गरे हस्ताक्षर संकलन

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ठमेलका पर्यटन व्यवसायीले गरे हस्ताक्षर संकलन

रास्वपाका सभापति एवं सांसद रवि लामिछाने माथिको राजनीतिक प्रतिशोधविरुद्ध काठमाडौंको ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरू हस्ताक्षर संकलन अभियानमा सञ्चालन गरेका छन्।

भर्खरै