नेभिगेशन
सबै कुरा

स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइनबाट बुझाउनुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ । कामपाको ३२ वटै वडामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कामपा स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनका अनुसार यसका लागि कामपाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आइएचएमआइएस)को ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराउन थालेको छ । युजरनेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा कामपा स्वास्थ्य विभागले प्रशिक्षण दिने तयारी गरेको महर्जनले जानकारी दिए । उनका अनुसार यस विषयमा कामपाले स्वास्थ्य संस्थालाई परामर्श दिन थालेको छ । 

Ncell
Extreme Energy

प्रमुख महर्जनका अनुसार यसअघि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) कार्यान्वयनमा आएको थियो । त्यसलाई विकसित र परिष्कृत गर्दै एकीकृत प्रणाली कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो ।

महर्जनले भने, “यसरी बुझाइएको प्रतिवेदनमार्फत प्राप्त तथ्याङ्कबाट सहरमा मुख्य स्वास्थ्य समस्या र सेवा क्षमता थाहा हुनेछ । तथ्यका आधारमा नीति तर्जुमा र सेवा सुधारका योजना बनाउन सहज हुन्छ ।” उनका अनुसार कामपाभित्र निजी, सामुदायिक अस्तापल, पोलिक्लिनिक र फार्मेसीसहित करिब तीन हजार स्वास्थ्य संस्था सञ्चालित छन् । विशेषज्ञ स्वास्थ्य सेवा दिने अस्पतालको सङ्ख्या करिब ७० छन् । यसलाई अद्यावधिक गराएर वास्तविक सङ्ख्या यकिन गर्ने काम भइरहेको उनले जानकारी दिए । 

“एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले औषधि पसलबाहेक रोगको परीक्षण र उपचार गर्ने संस्थालाई समेटेको छ । यसबाट प्राप्त विवरणले सहरमा कति बिरामीले स्वास्थ्य परीक्षण गराए, कुन–कुन रोगको कति बिरामीले उपचार गराए, उनीहरूको उमेर समूह कुन हो, प्रयोगशाला परीक्षण कति जनाको भयो, एक्स–रे कति जनाले गराए, ओपिडी सेवा कतिले लिएजस्ता विवरण थाहा हुन्छ”, प्रमुख महर्जनले भने । 

उक्त व्यवस्थाले कामपामा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई नियमन र व्यवस्थापन गर्न सहयोग पुग्ने कामपाको भनाइ छ । केही दिनदेखि कामपाले स्वास्थ्य संस्थाको थप व्यवस्थापनका लागि नियमितरूपमा अनुगमन गरिरहेको छ । कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ मा हानिकारक फोहर व्यवस्थापनसम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।
बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई उनीहरूको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।

भर्खरै