नेभिगेशन
सबै कुरा

‘अर्को विश्व सम्भव छ’ भन्ने मुल नाराका साथ विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौँमा (तस्विर)

काठमाडाैँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नाराका साथ बिहिबारदेखि काठमाडौँमा विश्व सामाजिक मञ्चको सम्मेलन सुरु भएको छ । विश्वभरका देशबाट प्रतिनिधिहरु भेला भएको सो सम्मेलनमा प्रकृति, ब्रह्माण्ड र मानव जीवनका विविध विषयमा चारसय ५० भन्दा बढी सत्रमा विश्वका अनुभवी, दिग्गज र प्राज्ञिक व्यक्तिबाट छलफल, प्रशिक्षण, बहस, पैरवी हुने बताइएको छ । 


Global Ime Bank

सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा भएको पहिलो विश्व सामाजिक मञ्चको १६औँ संस्करण नेपालमा आयोजना भएको हो ।

नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु संकट, पितृृसत्ता, जातजाती, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्धमा एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक संगठनको सामूहिक शक्तिलाई एकत्रित गर्दै परिचालन गर्ने काम विश्व सामाजिक मञ्चले गर्दै आएको छ । 


नेपालमा हुने यस पटकको सम्मेलनले अहिलेको विश्व व्यवस्थाले अंगिकार गरेका नीति र संरचनाहरुले सृजना गरेका नकारात्मक प्रभावका वारेमा आलोचनात्मक वहस गर्दै वैकल्पिक सोच र विचारहरु निर्माण गर्न र नयाँ विश्व व्यवस्था र तदअनुरुपका नीति‐संरचनाहरु निर्माण गर्न विश्वव्यापी रुपमा दवाव सृजना गर्ने अपेक्षा लिइएको छ। जसले विश्वव्यापी रुपमा सामाजिक तथा जलवायु न्याय, मानव अधिकार, समानता, वातावरण संरक्षण, दिगो शान्ति कायम गर्दै मानव जगतको हित गर्नका लागि योगदान÷दवाव प्रदान गर्ने विश्वास छ । 

सम्मेलनमा १३ वटा विषयगत विधामा आधारित भएर ४०२ वटा कार्यक्रमहरु दर्ता भएका छन् । कार्यक्रममा हालसम्म ९२ देशका १२५२ वटा संस्थाहरु दर्ता भएका छन् ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२...
नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढ्यो

नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो ।
अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको बताएका छन् ।
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ठमेलका पर्यटन व्यवसायीले गरे हस्ताक्षर संकलन

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ठमेलका पर्यटन व्यवसायीले गरे हस्ताक्षर संकलन

रास्वपाका सभापति एवं सांसद रवि लामिछाने माथिको राजनीतिक प्रतिशोधविरुद्ध काठमाडौंको ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरू हस्ताक्षर संकलन अभियानमा सञ्चालन गरेका छन्।

भर्खरै