नेभिगेशन
सबै कुरा

‘अर्को विश्व सम्भव छ’ भन्ने मुल नाराका साथ विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौँमा (तस्विर)

काठमाडाैँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नाराका साथ बिहिबारदेखि काठमाडौँमा विश्व सामाजिक मञ्चको सम्मेलन सुरु भएको छ । विश्वभरका देशबाट प्रतिनिधिहरु भेला भएको सो सम्मेलनमा प्रकृति, ब्रह्माण्ड र मानव जीवनका विविध विषयमा चारसय ५० भन्दा बढी सत्रमा विश्वका अनुभवी, दिग्गज र प्राज्ञिक व्यक्तिबाट छलफल, प्रशिक्षण, बहस, पैरवी हुने बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा भएको पहिलो विश्व सामाजिक मञ्चको १६औँ संस्करण नेपालमा आयोजना भएको हो ।

नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु संकट, पितृृसत्ता, जातजाती, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्धमा एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक संगठनको सामूहिक शक्तिलाई एकत्रित गर्दै परिचालन गर्ने काम विश्व सामाजिक मञ्चले गर्दै आएको छ । 


नेपालमा हुने यस पटकको सम्मेलनले अहिलेको विश्व व्यवस्थाले अंगिकार गरेका नीति र संरचनाहरुले सृजना गरेका नकारात्मक प्रभावका वारेमा आलोचनात्मक वहस गर्दै वैकल्पिक सोच र विचारहरु निर्माण गर्न र नयाँ विश्व व्यवस्था र तदअनुरुपका नीति‐संरचनाहरु निर्माण गर्न विश्वव्यापी रुपमा दवाव सृजना गर्ने अपेक्षा लिइएको छ। जसले विश्वव्यापी रुपमा सामाजिक तथा जलवायु न्याय, मानव अधिकार, समानता, वातावरण संरक्षण, दिगो शान्ति कायम गर्दै मानव जगतको हित गर्नका लागि योगदान÷दवाव प्रदान गर्ने विश्वास छ । 

सम्मेलनमा १३ वटा विषयगत विधामा आधारित भएर ४०२ वटा कार्यक्रमहरु दर्ता भएका छन् । कार्यक्रममा हालसम्म ९२ देशका १२५२ वटा संस्थाहरु दर्ता भएका छन् ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।
बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई उनीहरूको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।

भर्खरै