नेभिगेशन
सबै कुरा

खुल्लामञ्च मात्रै होइन टुँडिखेल पनि खुल्ला बनाउने प्रक्रियामा छौँ: बालेन शाह

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र साह(बालेन)ले खुलामञ्चमा फुटबल ग्राउण्ड बनाउन लागिएको भन्ने समाचार भ्रमपूर्ण रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर बालेनका अनुसार खुलामञ्चलाई बहुउपयोगी मञ्च बनाउन लागिएको दाबी समेत गरेका छन् । बिहिबार फेसबुकमा स्टाटसले लेख्दै मेयर बालेनले खुल्लामञ्च मात्रै नभई टुडिखेल पनि खुल्ला बनाउने प्रक्रिया गैसकेको बताएका छन् । 

Ncell
Extreme Energy

बालेनको स्टाटस यस्तो छः

"विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन् । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुखद छ । यसले आममानिसमा भ्रम श्रृजना गरेको पाइयो । 

हाम्रो सँधैको चाहना छ कि खुलामञ्च सँधै खुल्लै हुनु पर्छ । त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ । 

खुलामञ्च यस्तो ठाउँ बनोस्, जहा:

- बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, 

- योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्, 

- बच्चाहरू खेल्न पाउन्,

- दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, 

- प्रदर्शन, बिरोध र रचनात्मक कार्यक्रमहरु त्यहि खुलामञ्चमा राख्न पाइओस् । 

यहि योजनालाई सार्थक बनाउन हामीले विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउने काम सकाएका छौँ । खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको अर्को चरणमा हामी छौँ । 

तर, यी कुनै कुरा परख नगरी कसैले अञ्जानमा वा नियतवश फैलाएका समाचार र धारणाहरूमा मिथ्या जानकारीहरू छन् । उपभोक्ता समितिबाट काम हुँदैछ पनि भन्ने अनि ५ करोडको मैदान बन्दैछ पनि भन्ने किसिमका समाचारहरु पनि देखिए । त्यस्ता धारणा राख्नेहरूलाई ५ करोडको बजेट उपभोक्ता समितिमार्फत जान पाउँदैन, ठेक्का नै लगाउनु पर्छ भन्ने सामान्य ज्ञान समेत बुझेको वा प्रश्न गरेको देखिएन ।

यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सँधै सबैका लागि खुल्ला हुन्छ । हामी खुलामञ्च मात्र नभइ टुडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन । हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुल्ला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन वा सकारात्मक मानिएन । सार्वजनिक सम्पति विपत्त र विशेष अवस्थाका लागि बाहेक अन्य कुनै पनि समयमा जे उपयोगीताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनु पर्छ भन्नेमा बहस भइरहनु अचम्मलाग्दो छ । 

खुल्लामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा वस्ति बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन । खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कुल होस् वा अरू कुनै पनि व्यक्तिका नाममा वा संस्था मासिने गरेर प्रयोगमा जानु हुन्न । यस्ता सार्वजनिक महत्वका कुरा बुझाउन पनि उर्जा खर्चिनु पर्ने अवस्था आउनुले समाजको अवस्था सायद छर्लङ्ग पारेको छ ।

यी बिषयहरुमा मिडिया र अभियन्ताहरू जत्ति नै हामीलाई पनि चिन्ता, चासो र सजगता छ । यो कुरामा विश्वास गरिदिनु हुनेछ भन्ने आशा गर्दछौँ । त्योसँगै तीन तहको सरकार रहेको प्रणालीमा हरेक सरकारका आफाफ्ना जिम्मेवारी र सीमा छन् भन्ने बुझिदिनुहोला । र, सबै भन्दा मुख्य कुरा, कमजोरहरु, सत्ताको विपक्षमा रहेकाहरू सँधै सहि हुन्छन् भन्ने ुबर्बरिक सिन्ड्रोमु बाट मुक्त भई लोकतान्त्रिक किसिमले बनेका कानूनी व्यवस्था लागू गर्न साथै रहिदिनु हुनेछ भन्ने आशा र आग्रह गर्दछौँ ।

हामी खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौ बनाउने बाटोमा छौ ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।