नेभिगेशन
सबै कुरा

मन्थलीमा ‘डोको डस्टविन’ अभियान

रामेछाप । जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप–काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो ।  

Ncell
Extreme Energy

रामेछाप–काठमाडौँ सिर्जनशील समाजले मन्थलीको वाणिज्य बैंक चोकबाट रेडक्रस लाइन हुँदै कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, जिल्ला हुलाक, टेलिकम, पशुसेवा केन्द्र, घरेलु उद्योग हुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्रसहित कृषि विकास बैंकको चोकसम्मको चक्रपथ सडकमा करिब ४३ डोको राखिएको समाजका अध्यक्ष विपिन भट्टराईले बताए । 

नगरपालिकाले बजार क्षेत्र हुँदै मन्थली अस्पताल चोकबाट देवकोटा–बिपी–मदन आश्रित चोकसम्म करिब दुई सय डोको डस्टविन राखेको नगरप्रमुख लव श्रेष्ठले जानकारी दिए । बजारको सरसफाइलाई मध्यनजर गर्दै पहिलो चरणमा वडाध्यक्षसँगको समन्वयमा बजार क्षेत्रका वडाबाट अभियान थालिएको भन्दै अन्य वडामा पनि क्रमशः अभियान विस्तार गर्दै लैजाने उनले बताए । 

स्थानीयस्तरमा उत्पादन भएका डोको वातावरण मैत्री हुने तथा उत्पादित सामान पनि बिक्री हुने भएकाले यसलाई छनोट गरिएको समाजका अध्यक्ष भट्टराईले बताए । संस्थाबाट डोकोबापत सङ्कलन भएको रकमले स्थानीयको आर्थिक अवस्थामा टेवा पुग्ने उनको भनाइ थियो । 

यो अभियान सञ्चालनपश्चात सरकारी कार्यालयमा आउने सेवाग्राही र बजारमा आउने नागरिकले प्रयोग गरेको पानीका बोतल, अन्य फोहरजन्य वस्तु डस्टविनमा सङ्कलन गरी भोलिपल्ट बिहान नगरपालिकाले उक्त फोहर व्यवस्थापन गर्ने गरेको भट्टराईले जानकारी दिए । उनका अनुसार मन्थली बजारमा अधिकांश ठाउँमा स्टयान्ड बनाएर डोको डस्टविन राखिएको छ । 

डोको डस्टविनले स्थानीय उत्पादनलाई बजारीकरणमा सहजीकरण हुनु र बजार क्षेत्रमा जथाभावी फोहर तथा प्लाष्टिक फाल्ने, सडकमा वा पसल अगाडि फोहर थुपार्नेलगायत क्रियाकलापबाट बजारको सौन्दर्यलाई बचाइराख्नुका साथै व्यापारव्यवसाय थप चलायमान हुने अपेक्षा लिइएको स्थानीय व्यवसायी रामहरी उप्रेतीले बताए । उनले यसअघि डोको नराख्दा जथाभावी फोहर थुपार्ने गरिएकामा अभियानपछि बजार सुन्दर र सफा देखिएको बताए । 

यस्तो अभियान यसअघि अन्य जिल्लामा भएका भन्दै अहिले मन्थली सदरमुकाममा सुरु भएपछि आफू उत्साहित भएको स्थानीय टङ्क श्रेष्ठले बताए । सदरमुकाममा मात्र नभई जिल्लाका सबै पालिकाले यस किसिमका अभियान थाल्नुपर्ने उनको भनाइ थियो । 

यसअघि जिल्ला समन्वय समिति रामेछापले तय गरेको ‘सभ्य, समृद्ध र सक्षम रामेछाप’को नारालाई पूरा गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन्– रवि लामिछाने

भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन्– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।
बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई उनीहरूको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।
प्रधानमन्त्री बालेन तीनवटै सुरक्षा निकायका प्रमुखसँग किन छन् छलफलमा ?

प्रधानमन्त्री बालेन तीनवटै सुरक्षा निकायका प्रमुखसँग किन छन् छलफलमा ?

प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री राहत कोषमा पुग्यो करिब १२ अर्ब रुपैयाँ

प्रधानमन्त्री राहत कोषमा पुग्यो करिब १२ अर्ब रुपैयाँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।

भर्खरै