नेभिगेशन
सबै कुरा
फोटो कथा :

'गोल्डेन सगरमाथा' को दुर्लभ दृश्यलाई चुम्दा

काठमाडौंँ । अनुमतिबाहक पथ प्रर्दशकका रुपमा म झण्डै ३० पटक सगरमाथा आधार क्षेत्र पुगिसकेको छु । यस दौरान मेरा आँखामा विश्वको सर्वोच्च शिखर सगरमाथा र यस क्षेत्रका हिमालका कयौँ दृश्यहरु कैद भएका छन् । तर, गत साताको मेरो यात्रामा मैले सगमाथालाई जसरी देख्न पाएँ, यो मेरो लागि पनि शौभाग्य र दुर्लभ थियो । हिमालका दृश्यलाई कसरी हेर्ने ? बिहान झुल्के घाममा, दिउँसो बादलुले लुकामारी खेल्नै गर्दा वा बेलुकीको सूर्याअस्तमा ? 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिमाल र नेपालको पर्यटन क्षेत्रअनुसार यसका फरक फरक विशेषताहरु छन् । पर्यटनको क्षेत्र हेरेर मात्रै म यस्तो धारणा बनाउँछु र मेरो पर्यटक साथीहरुलाई पनि त्यही सिकाउँछु/देखाउँछु । हरेक  पटक सगरमाथा क्षेत्रको यात्रामा पुग्दा म सगरमाथालाई कालापत्थरकाे डीलमा उभिएर साँझको सूर्यस्तमा हेर्न रुचाउँछु । तर, यस्तो सौभाग्य निकै लामो समयदेखि पाउन सकिरहेको थिइँन ।

Extreme Energy
citizen life

सगरमाथाको दुर्लभ दृश्यका लागि यसअघि पनि म सबै तयारी गरेर माइनस २८ डिग्रीको तापक्रममा कालापत्थर पुग्थेँ  । तर, बादलले ढाकेको पहाड हरेर फर्कन्थेँ । त्यो पनि एक पटक होइन पटक–पटक । म गत माघ २१ गते काठमाडौँबाट सगरमाथा क्षेत्रको यत्राका लागि लुक्ला उडेँ । अष्ट्रेलियाका २ जना पर्यटकसहितको मेरो यात्रा लुक्ला–नाम्चे–बेशक्याम्प–कालापत्थर–लुक्ला–काठमाडौँसम्मको १२ दिनको थियो । यात्राको ८ औँ दिन हामी लाेबुचेबाट गोरखसेफ पुगेर बेसक्याम्प पुगेर पुनः गोरखसेफ फर्कियौैँ । 

म कहिल्यै माउन्ट एभरेस्ट (सगरमाथाको ) दृश्य हेर्न बिहान जाँदिन् । किनभने मलाई थाहा छ बिहानको समयमा सगरमाथा साविकको दृश्य मात्र देखिन्छ । साँझ घाम डुब्ने समयमा कालापत्थरमा उभिएर शिर ठड्याउँदा सगरमाथाले स्वर्गानुभूति दिन्छ । अहिलेको समय ट्रेकिङका लागि उपयुक्त समय होइन । तर, सिजन सुरु हुनै लाग्दा कहिलेकाँही हिमालमा सुनौलो रङ्ग भेटिन्छ । 

यसैअनुसार म माघ २८ गते साँझ ४ बजे आफ्नो टोलीसँग सगरमाथाको दक्षिणी मोहोडा हेर्न कालापत्थर पुगेँ । माइनस २८ डिग्रीको तापक्रम, बेजोड हावाको वेग अर्कोतर्फ साँझ पर्नै लागेको बेला । हरेक मिनेट मिनेटमा परिवर्तन हुने सगरमाथा क्षेत्रको मौषम  । सगरमाथा खुल्ने नखुल्नेबारे अनु्मान समेत लगाउने अवस्था थिएन । प्रतिकुल मौसमका कारण मसंगै गएका अष्ट्रेलियाली पर्यटक कालापथ्थरको हेलीप्याडबाट होटल फर्किए तर म अर्का एक सहयोगीको साथमा कालापत्थरमा धैर्यसाथ बसेँ । 

म सँग ३ वटा मोबाइलहरु थिए ताकि चिसोका कारण क्षणभरमै सकिने ब्याट्रीको समस्या चिरेर सगरमाथा खिच्न सकुँ । नभन्दै भयो पनि यस्तै, राम्रै ब्याट्री ब्याकअप भएको २ वटा मोबाइल अफ भए । रह्यो एउटा मात्रै फोन र सगरमाथा खुल्ने आस । हातले मोबाइल समाउन सक्ने अवस्था थिएन । हिमालमा चढ्ने लौरोमा मोबाइल बाँधे, ढुंगाको सहायतामा त्यसलाई अड्काएँ । 

यो म जस्तै त्यो क्षेत्रको यात्रामा जाने जो कसैको अनुभव पनि हो । तर, यस पटक मैलै झण्डै एक दशक देखि कुरेको र कयौँ वर्षदेखि पाकाहले भनेको सगरमाथाको दृश्य मेरा आँखा अगाडी केही मिनेटका लागि उभिए । २०८० माघ २८ गते बेलुकाको ५ बजेर ३८ मिनेट जाँदा म कालापत्थरको डीलमा पुगेँ । जम्मा जम्मी २ मिनेटका लागि सगरमाथाले बादलुको घुम्टो खोल्यो । त्यो घुम्टो, त्यो दिनको अन्तिम सूर्यको किरण थियो जो विश्वको सर्वोच्च शिखरमा ठोक्किएर भोलिका लागि उदाउने प्रण गर्दै अस्त हुँदै थियो । यो भूगोलबाट त्यो दिनका लागि अस्त भएको सूर्यको अन्तिम किरणले सगरमाथा सुनौलो भएको थियो । कालो पहाडमाथि सेतो हिउँ र बादलमा देखिने सगरमाथा त्यो दिन केही मिनेटका लागि सुर्यका किरणहरुसँग स्पर्श गर्दै थियो । यही सुनौलो सगरमाथाको दृश्यमा मैले मेरो जीवनका केही सुनौला पलहरु बिताएँ । जो तस्विर कथामा म यहाँ प्रस्तुत गर्न चाहान्छु । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अध्यादेश जारी भएसँगै यी हुन् पदमुक्त हुने राजनीतिक नियुक्ति पाएका १,५९४ जना पदाधिकारीहरू

अध्यादेश जारी भएसँगै यी हुन् पदमुक्त हुने राजनीतिक नियुक्ति पाएका १,५९४ जना पदाधिकारीहरू

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू...
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध

बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध

बिहीबार रातिदेखिको भारी वर्षाका कारण पुनः क्षतिग्रस्त भएपछि हाल सयौँ सवारीसाधन र यात्रु बीच बाटोमै रोकिएका छन् । केही दिनअघि पनि वर्षाले क्षति पु¥याएपछि मर्मत गरी ‘डाइभर्सन’ सञ्चालनमा...
आर्थिक अवस्थालाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

आर्थिक अवस्थालाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीको वातावरण बनाउने नीति रहेको उल्लेख गरे । अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई पनि मध्यनजर गरिएको बताए...