नेभिगेशन
सबै कुरा

आइसिसी लिग–२ : नेदरल्याण्ड्सलाई चौथो झट्का, ललितले लिए २ विकेट

काठमाडाैँ । आइसिसी लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ । खेलको १९.१ ओभरमा नेपालले चार सफलता हात पारिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेदरल्याण्ड्सले केहीबेर अघिसम्म १९.२ ओभरमा तीन विकेट गुमाएर ६७  रन बनाएको छ । नेदरल्याण्ड्सका माइकल लेभिट, म्याक्स ओडाउड, स्याब्राण्ड ऐङ्गेलबे्रेक्ट र बास डि लिडे पवेलियन फर्केका छन् । लेभिटलाई सोमपाल कामीले आउट गरे । उनले तीन बलको सामना गरेपनि रन भने बनाउन सकेनन् । यस्तै ओडाउडले २१ बलमा १० रन बनाए । उनी रन आउट भए । यसैगरी ऐङ्गेलबे्रेक्ट ३५ बल खेल्दै २३ रनमा आउट भएका छन् । उनलाई ललितनारायण राजवंशीले आउट गरेका हुन् । त्यस्तै लिडेलाई पनि ललितले नै बोल्ड गरेका हुन् ।  

Ncell
Extreme Energy

नेदरल्याण्ड्विरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीलाई नेपाली टोलीमा समावेश गरिएको छ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिलकुमार साह, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, ललितनारायण राजवंशी र देव खनाल रहेका छन् । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।