नेभिगेशन
सबै कुरा

आइसिसी लिग–२ : नेदरल्याण्ड्सलाई चौथो झट्का, ललितले लिए २ विकेट

काठमाडाैँ । आइसिसी लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ । खेलको १९.१ ओभरमा नेपालले चार सफलता हात पारिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेदरल्याण्ड्सले केहीबेर अघिसम्म १९.२ ओभरमा तीन विकेट गुमाएर ६७  रन बनाएको छ । नेदरल्याण्ड्सका माइकल लेभिट, म्याक्स ओडाउड, स्याब्राण्ड ऐङ्गेलबे्रेक्ट र बास डि लिडे पवेलियन फर्केका छन् । लेभिटलाई सोमपाल कामीले आउट गरे । उनले तीन बलको सामना गरेपनि रन भने बनाउन सकेनन् । यस्तै ओडाउडले २१ बलमा १० रन बनाए । उनी रन आउट भए । यसैगरी ऐङ्गेलबे्रेक्ट ३५ बल खेल्दै २३ रनमा आउट भएका छन् । उनलाई ललितनारायण राजवंशीले आउट गरेका हुन् । त्यस्तै लिडेलाई पनि ललितले नै बोल्ड गरेका हुन् ।  

Ncell
Extreme Energy

नेदरल्याण्ड्विरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीलाई नेपाली टोलीमा समावेश गरिएको छ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिलकुमार साह, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, ललितनारायण राजवंशी र देव खनाल रहेका छन् । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु...
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...