नेभिगेशन
सबै कुरा

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले २–१ ले जित्यो । पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो ।  क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे । त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए । नेपालका लागि साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान एक–एक विकेट लिए । 

Ncell
Extreme Energy

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।

क्यानडाका लागि डिलोन हेलिगर, निकोलस कीर्तन र हर्ष ठेकरले समान दुई–दुई विकेट लिए भने कप्तान सादबिन जफर र कलिम सानाले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु...
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...