नेभिगेशन
सबै कुरा

बालकुमारी घटनामा मन्त्री ज्वालाबारे नेकपा एस : प्रतिवेदन आयो भन्छन् थाहा छैन, सार्वजनिक भएपछि निर्णय गर्छौँ

नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको बिषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले बालकुमारी घटनाको प्रतिवेदन प्रधानमन्त्रीले बुझेको तर सार्वजनिक नभएको अवस्थामा सार्वजनिक भएपछि मात्रै पार्टीको धारणा तय गर्ने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

Ncell
Extreme Energy

बालकुमारी घटना श्रम मन्त्रालयसंग सम्बन्धित रहेको, गोली हान्न आदेश दिने गृहमन्त्रालय भएको भन्दै उनले प्रतिवेदनमा कसलाई कुन कारणले दोषी देखाइएको भन्ने पत्ता लाग्न नसकेको उनले बताए । प्रवक्ता खतिवडाले यस बिषयमा आन्तरिक रुपमा छलफल भएपनि प्रतिवेदनलाई पर्खने निर्णय रहेको जिकिर गरे ।

बैठकमा समासामायीक विषय, पार्टीको आन्तरिक नीतिगत विषय र महाधिवेशनको तयारीका बारेमा छलफल भएको उनले बताए । सचिवालय बैठक फागुन १४ गते पुन बस्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।