नेभिगेशन
सबै कुरा

मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गरेर कारबाही गर्न वीरगंज काँग्रेसको माग

वीरगंज  । जन्म दर्ता, नागरिकता लगायतका सरकारी कागजात किर्तेमा मुछिएका वीरगंजका मेयर राजेशमान सिंहमाथि तत्काल छानबिन गरि कारबाही गर्न नेपाली काँग्रेस कार्यसमिति पर्साले माग गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेुस पर्साले विगत केही समय देखि वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आफनो छोरी भनी नागरिकता दिलाएको र सो सम्बन्धमा सम्बन्धित निकायहरुमा उजुरी परेको कुरामा आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै देशको कानुन भन्दा माथि कोही नहुने भन्दै कानुन उल्लंघन गर्नेलाई कारबाही गर्न माग समेत गरेको छ ।

Extreme Energy
citizen life

‘देशको शासन व्यवस्था संविधान र कानुन बमोजिम चल्नु पर्दछ । कानुनभन्दा माथि कुनै संस्था वा व्यक्ति रहनु हुँदैन भन्ने नेपाली काँग्रेस को मान्यता रहेको छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘कानुन को उल्लंघन गर्ने जो कोही पनि कानुन बमोजिम कारबाही र सजाय को भागीदार हुनुपर्दछ, कानुन उल्लंघन गर्ने छुट कसैलाई हुनु हुँदैन ।’

त्यस्तै नागरिकता किर्ते प्रकरणमा निष्पक्ष छानबिन गरी दोषी देखिएकालाई कानुनको दायरामा कारबाहीको प्रक्रिया अगाडि बढाउन समेत काँग्रेसले माग गरेको छ ।

त्यति मात्र हैन नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगंजका मेयरलाई कारबाही नगर्न गठबन्धनलाई नै दबाब भएको सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए । 

जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै बाबु बनेर मेयरल सिंहले नागरिकता दिलाएका थिए । सोही नागरिकताका आधारमा नागरिकता पाएकी युवती अहिले पासपोर्ट समेत बनाएर विदेश उडिसकेकी छिन् ।

मेयर सिंहले नागरिकता बनाउनु अघिको जन्मदर्ता सहितको सबै कागजात समेत फर्जि बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परिसकेको छ । सिधाकुराले पुस २४ गते मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाइ दिएको सार्वजनिक गरेको थियो ।

त्यसलगत्तै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ जनाले जाहेरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले गठन गरेको छनबिन समितिले काम गर्न नसकेपछि गृह मन्त्रालयले ३ सदस्यीय छानबिन समिति बनाएर वीरगंज पठाएको थियो ।

सो समितिले छानबिन सकेर काठमाडौँ फर्किसकेको छ । स्थानीय तह निर्वाचनदेखि मेयर हुँदासम्म एक श्रीमति र छोरा मात्रै रहेको विवरण पेश गरेका मेयर सिंहले गत साता गृह मन्त्रालयको छानबिन समितिसँग भने दुई वटा श्रीमति रहेको बयान दिएका थिए । 

यस अघि दुई वटा परिवारको विवरण लुकाएका मेयर सिंहले गृह मन्त्रालयलाई बयान दिएकै भोलिपल्ट उनकी कान्छी श्रीमति भनिएकी महिला रिता भट्टराईले जिल्ला अदालत पर्सामा सम्बन्ध विच्छेदको मुद्धा  दर्ता गरेकी थिइन । किर्ते माथि किर्ते गरिरहेका मेयरमाथि छानबिन चलिरहँदा उनले प्रधानमन्त्रीसहित, गृहमन्त्री लगायतका उच्च पदस्थ नेताहरु भेटघाट गरिरहेका छन् । 

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु






वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दा

नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते

कारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान !


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
०८२ ले राजनीति फेर्यो, ०८३ ले संस्कार फेरोस्

०८२ ले राजनीति फेर्यो, ०८३ ले संस्कार फेरोस्

हाम्रा पाठक, दर्शक, शुभेच्छुकसँगै देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनमा नयाँ वर्षको शुभकामना । नयाँ वर्ष उत्साहको वर्ष बनोस्, नयाँ आशाको वर्ष बनोस्, नयाँ वर्ष सम्भावनाको वर्ष बनोस्, नयाँ...
रास्वपा सरकारको गतिः प्रधानमन्त्रीको स्पिड पछ्याउँदै मन्त्रीहरु

रास्वपा सरकारको गतिः प्रधानमन्त्रीको स्पिड पछ्याउँदै मन्त्रीहरु

फागुन २१ को चुनावमा होमिँदै गर्दा रास्वपाले भनेको थियो– भावी प्रधानमन्त्री बालेन शाह । चुनावमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत पायो । चैत १३ मा रास्वपाले एकल बहुमतको...
सञ्चालनको पर्खाइमा नागढुंगा सुरुङमार्ग (तस्बिरहरू)

सञ्चालनको पर्खाइमा नागढुंगा सुरुङमार्ग (तस्बिरहरू)

मन्त्रालयले  राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद्ले सड