नेभिगेशन
सबै कुरा

अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्छ : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताएका हुन् । उनले आफुहरु सत्ताको खेलमा नरहेको पनि स्पष्ट पारेका छन् । ओलीले आफुहरु अहिले मिसन ८४ मा लागेकाले कसैको काँध थाप्ने काम नगर्ने तथा जनतामा आशा र उत्साह दिन लागिपरेको बताएका छन् ।

Ncell
Extreme Energy

त्यस्तै उनले कांग्रेसले मुलुकको राष्ट्रियता र अर्थतन्त्र प्रति चिन्ता नलिएको गुनासो गर्दै कांग्रेस अहिले सत्तामा पुग्ने र टिकाउने खेलमा लागेर मुलुकमा निराशा र अराजकता बढ्दा पनि चुप लागेर बसेको जिकिर गरे । उनले सुशासन दिएको दाबी गर्ने सरकारले आफैले बनाएको आयोगले दोषी देखाएका मन्त्रीले राजिनामा दिएर नैतिकता देखाउनु पर्ने धारणा राखेका छन् । सत्य निरुपण तथा मेलमिलाप विधेयक छिटो पास गर्नुपर्ने बताउदै पिडितको पक्षमा आएको विधेयकको कसैले विरोध नगर्ने ओलीले जिकिर गरेका छन् ।

अध्यक्ष ओलीले संविधान संसोधन आवश्यक भएपनि एजेण्डाविहिन रुपमा संसोधन हुन नसक्ने बताए । उनले कुन कुन विषयमा संविधान संसोधन गर्ने विषय सतहमा नआएकाले आफुहरुले चर्चा नगर्ने गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।