नेभिगेशन
सबै कुरा

रास्वपाका मन्त्रीसँगका फोटो सञ्जालमा हालेर रवाफ नदेखाउनुः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री, नेतासँग फोटो खिच्ने र ती फोटो सामाजिक सञ्जालमा राखेर आम जनतासम्म अनावश्यक रवाफ प्रस्तुत गरी भ्रम छर्ने गर्ने गलत अभ्यास नर्गन आग्रह गरेको छ । 

 बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाले मन्त्री, नेतासँग फोटो खिच्ने र ती फोटो सामाजिक सञ्जालमा राख्ने र  आम जनतासम्म अनावश्यक रवाफ प्रस्तुत गर्ने तथा आम सर्वसाधारणमा भ्रम सिर्जना अभ्यास केवल दम्भ प्रदर्शन भएको जनाएको छ । 

रास्वपाको विज्ञप्तीमा उल्लेख गरिएको छ‘कुनै पार्टी सदस्य वा व्यक्तिले मन्त्रीको नजिक छु भनी कुनै आश्वासनका कुरा गर्दछ भने त्यस्ता व्यक्तिसँग सचेत रही भ्रममा नपर्न अनुरोध गर्दछौँ । मन्त्रीसँग नजिक छु, फोटो खिचेको छु भनेर अनुचित लाभ उठाउन सक्नेप्रति हामी सचेत छौँ,  जनता पनि यसमा सचेत हुन आवश्यक छ । यदि कसैले त्यसो गरेको पाइएमा तुरुन्त पार्टीमा उजुरी गर्नुहोला । कोही कसैको नजिक भएकै आधारमा हाम्रा मन्त्रीहरूले कुनै काम गर्ने छैनन् भन्नेमा विश्वस्त पार्न चाहन्छौँ’,

यस्तै बधाईका नाममा मन्त्रीहरुलाई अनावश्यक रुपमा भेटघाट समेत नगर्न आग्रह गरेको छ । रास्वपाले विज्ञप्तीमा भनेको छ'बधाईका नाममा मन्त्रीलाई मन्त्रालयमा भेटी फोटो खिच्ने, बधाई तथा शुभकामना दिने प्रचलनले मन्त्रीहरूको कार्य समय व्यवस्थापनमा प्रतिकूल प्रभाव पार्नुका साथै बहुमुल्य समयको नोक्सानी समेत गरिरहेको हुन्छ जो सिङ्गो देश र जनतामाथि घात हो । भिभिआईपी वा भिआपी प्रथाको अन्त्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । अतस् उल्लिखित पक्षहरुलाई मनन गरी बधाई तथा शुभकामना दिन कै लागि मन्त्रीहरुलाई भेट्ने, यो वा त्यो बहानामा मन्त्रीहरूलाई अनावश्यक रूपमा भेटघाट नगर्न नगराउन सबैमा हार्दिक अपिल गर्दछौं ।

कुनै मन्त्रालय वा मन्त्रीका लागि केही सुझाव, सन्देश भए लिखित दिनुभएमा कार्य सम्पादनमा टेवा पुग्नेछ । त्यस्ता सुझाव पार्टी कार्यलयमा नै दिन सकिन्छ, जसलाई पार्टीले अघ्ययन गरी सम्बन्धित मन्त्रालयहरूबाट आवश्यक कदम चाल्न समन्वय गर्नेछ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै