नेभिगेशन
सबै कुरा

रास्वपाका मन्त्रीसँगका फोटो सञ्जालमा हालेर रवाफ नदेखाउनुः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री, नेतासँग फोटो खिच्ने र ती फोटो सामाजिक सञ्जालमा राखेर आम जनतासम्म अनावश्यक रवाफ प्रस्तुत गरी भ्रम छर्ने गर्ने गलत अभ्यास नर्गन आग्रह गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाले मन्त्री, नेतासँग फोटो खिच्ने र ती फोटो सामाजिक सञ्जालमा राख्ने र  आम जनतासम्म अनावश्यक रवाफ प्रस्तुत गर्ने तथा आम सर्वसाधारणमा भ्रम सिर्जना अभ्यास केवल दम्भ प्रदर्शन भएको जनाएको छ । 

Ncell
Extreme Energy

रास्वपाको विज्ञप्तीमा उल्लेख गरिएको छ‘कुनै पार्टी सदस्य वा व्यक्तिले मन्त्रीको नजिक छु भनी कुनै आश्वासनका कुरा गर्दछ भने त्यस्ता व्यक्तिसँग सचेत रही भ्रममा नपर्न अनुरोध गर्दछौँ । मन्त्रीसँग नजिक छु, फोटो खिचेको छु भनेर अनुचित लाभ उठाउन सक्नेप्रति हामी सचेत छौँ,  जनता पनि यसमा सचेत हुन आवश्यक छ । यदि कसैले त्यसो गरेको पाइएमा तुरुन्त पार्टीमा उजुरी गर्नुहोला । कोही कसैको नजिक भएकै आधारमा हाम्रा मन्त्रीहरूले कुनै काम गर्ने छैनन् भन्नेमा विश्वस्त पार्न चाहन्छौँ’,

यस्तै बधाईका नाममा मन्त्रीहरुलाई अनावश्यक रुपमा भेटघाट समेत नगर्न आग्रह गरेको छ । रास्वपाले विज्ञप्तीमा भनेको छ'बधाईका नाममा मन्त्रीलाई मन्त्रालयमा भेटी फोटो खिच्ने, बधाई तथा शुभकामना दिने प्रचलनले मन्त्रीहरूको कार्य समय व्यवस्थापनमा प्रतिकूल प्रभाव पार्नुका साथै बहुमुल्य समयको नोक्सानी समेत गरिरहेको हुन्छ जो सिङ्गो देश र जनतामाथि घात हो । भिभिआईपी वा भिआपी प्रथाको अन्त्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । अतस् उल्लिखित पक्षहरुलाई मनन गरी बधाई तथा शुभकामना दिन कै लागि मन्त्रीहरुलाई भेट्ने, यो वा त्यो बहानामा मन्त्रीहरूलाई अनावश्यक रूपमा भेटघाट नगर्न नगराउन सबैमा हार्दिक अपिल गर्दछौं ।

कुनै मन्त्रालय वा मन्त्रीका लागि केही सुझाव, सन्देश भए लिखित दिनुभएमा कार्य सम्पादनमा टेवा पुग्नेछ । त्यस्ता सुझाव पार्टी कार्यलयमा नै दिन सकिन्छ, जसलाई पार्टीले अघ्ययन गरी सम्बन्धित मन्त्रालयहरूबाट आवश्यक कदम चाल्न समन्वय गर्नेछ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।