नेभिगेशन
सबै कुरा

'प्रचण्डबाट धोका खानेहरु सबै एकठाउँमा उभिए के हुन्छ ?' -नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले एकतर्फीरुपमा प्रधानमन्त्रीले अविश्वासनीय तवरले गठबन्धन तोडेको आरोप लगाएका छन् ।  

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लेखकले मुलुकमा दिगो शान्ति, सुशासन, संविधानको रक्षाका साथै विकास र समृद्धि प्राप्त गर्न गठबन्धन बनाउने सहमति भएपनि प्रधानमन्त्रीले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर एकतर्फीरुपमा अविश्वासनीय तवरले विश्वास तोडेको आरोप लगाएका हुन् । 

निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचा, प्रतिज्ञाहरुलाई वेवास्ता गर्दा कांग्रेसप्रति मात्रै नभई संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात भएको उनले बताए । 

त्यस्तै उनले गठबन्धन तोडेर प्रधानमन्त्रीले जनताको पनि अपमान गरेको जिकिर गरे । लेखकले कपोकल्पित कथा बुनेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गरेकाले यो राजनीतिक बेइमानी भएको आरोप लगाए । 

उनले निरन्तर गठबन्धन भत्काउने र सरकार बनाउने खेलका कारण मुलुकमा राजनीतिक स्थीरता हुन नसक्ने जिकिर गरे । लेखकले माओवादीले सवै दललाई धोका दिइसकेको भन्दै धोका पाएका एकैठाउँ उभिए के हुन्छ भन्दै प्रश्न गरे ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै