नेभिगेशन
सबै कुरा

'प्रचण्डबाट धोका खानेहरु सबै एकठाउँमा उभिए के हुन्छ ?' -नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले एकतर्फीरुपमा प्रधानमन्त्रीले अविश्वासनीय तवरले गठबन्धन तोडेको आरोप लगाएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लेखकले मुलुकमा दिगो शान्ति, सुशासन, संविधानको रक्षाका साथै विकास र समृद्धि प्राप्त गर्न गठबन्धन बनाउने सहमति भएपनि प्रधानमन्त्रीले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर एकतर्फीरुपमा अविश्वासनीय तवरले विश्वास तोडेको आरोप लगाएका हुन् । 

Ncell
Extreme Energy

निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचा, प्रतिज्ञाहरुलाई वेवास्ता गर्दा कांग्रेसप्रति मात्रै नभई संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात भएको उनले बताए । 

त्यस्तै उनले गठबन्धन तोडेर प्रधानमन्त्रीले जनताको पनि अपमान गरेको जिकिर गरे । लेखकले कपोकल्पित कथा बुनेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गरेकाले यो राजनीतिक बेइमानी भएको आरोप लगाए । 

उनले निरन्तर गठबन्धन भत्काउने र सरकार बनाउने खेलका कारण मुलुकमा राजनीतिक स्थीरता हुन नसक्ने जिकिर गरे । लेखकले माओवादीले सवै दललाई धोका दिइसकेको भन्दै धोका पाएका एकैठाउँ उभिए के हुन्छ भन्दै प्रश्न गरे ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।