नेभिगेशन
सबै कुरा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ ।

आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव ८२, वित्त समूह शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ६२, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव १६, लगानी शून्य दशमलव ५९ र जीवन बीमा शून्य दशमलव १९ प्रतिशतले घटेको छ । त्यसैगरी, लघुवित्त समूह शून्य दशमलव ०३, म्युचुअल फन्ड शून्य दशमलव ४०, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव ४३ र अन्य समूह एक दशमलव ०६ प्रतिशतले घटेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ५६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ४१ करोड ६४ लाख १७ हजार छ सय ८० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सात लाख ४७ हजार आठ सय ७७ कित्ता शेयर किनबेच भएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

सम्झौताअनुसार एनआईएमबीले १० अर्ब, नबिल बैंकले रु आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब ऋण लगानी गर्ने भएका छन्। साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट...
नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...
नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

आज ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२...
४१ अङ्कले घट्यो नेप्से परिसूचक

४१ अङ्कले घट्यो नेप्से परिसूचक

आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता शेयर एक करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ३३ करोड ३९ लाख...