नेभिगेशन
सबै कुरा

नेपालगञ्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा

नेपालगञ्ज। मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ। परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भब्य उद्घाटन  गर्ने तयारी गरेको संचालक बि.बि. (बिष्णु) ढकालले बताए।

खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए ।  वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर  प्रयोग गरेको छ ।

City Express

कम्पनीले वाटरपार्कमा मोटरबोट संचालन गरे वापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए। मोटरबोट चलाउन करिब २ करोड खर्चिएको ढकाल बताउँछन् ।

कति लाग्छ शुल्क ?

पर्यटकले मोटरबोट चड्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।  नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।

यस अघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट संचालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले...
खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई...
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार...
सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि...

भर्खरै