नेभिगेशन
सबै कुरा

नौमती बाजा बजाउन सिक्दै बागलुङका आमाहरू

गलकोट । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन  एक महिने तालिम लिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताए ।

Ncell
Extreme Energy

विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उनले बताए । “आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ, अहिले देउरालीचोक आमा समूहअन्तर्गत अधिकांश आदिवासी, जनजाति समूहका ५० महिला सङ्गठित छौँ, पहिलो चरणमा १२ जना महिला नौमती बाजा बजाउन सिकिरहनुभएको छ”, अध्यक्ष थापाले भने , “बागलुङ नगरपालिकाले प्रदान गरेको  एक लाख ५० हजारबाट नौमती बाजा खरिद गरी बाजा बजाउन सिकिरहेका छौँ,  ५० हजार सिक्ने खर्च हो भने एक लाखमा बाजा खरिद गरेका छौँ ।”

चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उनी बताउँछन् । 

कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् । 

बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । “बागलुङ बजारमा बाजा बजाउनेको अभाव रहेको पाइयो, सानो सहयोगले एउटा नमुना बाजा समूह निर्माण गर्ने नगरपालिकाको लक्ष्य हो”, नगरप्रमुख श्रेष्ठले भने , “आमा समूहको आयआर्जनको माध्यम बन्ने तथा संस्कृतिको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ, उनीहरूलाई सक्रिय बनाउन  नगरपालिकाले निरन्तर सहयोग गर्नेछ ।” 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बडीमालिकामा द्रुत गतिमा टेलिफोन र इन्टरनेट पुर्‍याउन सञ्चारमन्त्रीले दिए निर्देशन

बडीमालिकामा द्रुत गतिमा टेलिफोन र इन्टरनेट पुर्‍याउन सञ्चारमन्त्रीले दिए निर्देशन

बाजुरा जिल्लाको विकट पर्यटकीय क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई कडा निर्देशन दिएका छन् ।
निजामती कर्मचारीमा व्यापक 'रिफम' गर्दै सरकार, सचिव सहित पुराना १० हजार कर्मचारीलाई एकैपटक घर पठाइँदै

निजामती कर्मचारीमा व्यापक 'रिफम' गर्दै सरकार, सचिव सहित पुराना १० हजार कर्मचारीलाई एकैपटक घर पठाइँदै

विशेषगरी सचिव, सहसचिव र उपसचिव तहका अधिकांश कर्मचारीहरू यो प्रावधानले अवकाशमा जानेछन् । यो व्यवस्था लागु हुँदा साथ ५० भन्दा सचिव स्वत अवकाशमा जाने छन् भने ६० प्रतिशतबढी...
कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

सिनामंगल गैरीगाउँको सुकुम्बासी बस्तीबाट कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा  आएका ४२ वर्षीय रबानी अन्सारीले सोही होल्डिङ सेन्टरमा बस्दै आएका सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठलाई...
सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष मुलुकभर एक लाख पाँच हजार बढी महिलाले गर्भपतन सेवा लिएका  थिए । तीमध्ये २० वर्ष माथिका औषधि...