नेभिगेशन
सबै कुरा

अध्यागमनका अधिकारीहरूलाई गृहमन्त्रीको चेतावनी: 'खराबलाई मैले चिनेको छु, बानी सुधार्नुस् '

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अध्यागमन सुधार्नका लागि अध्यागमनकै कर्मचारीबाट योजना मागेका छन् । मंगलबार अध्यागन विभाग कालिाकास्थानमा कर्मचारीलाई निर्देशन दिदै गृहमन्त्री लामिछानेले अध्यागनम सुधार गर्नै पर्ने अवस्थामा भएकाले, आफूले निर्देशन गर्नुुभन्दा पहिला अध्यागमनका कर्मचारीको योजना खोजेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुधारका लागि कर्मचारीबाट आउने योजनालाई मन्त्रालयले सहयोग गर्ने बताउँदै लामिछानेले भने 'विदेशीका लागि अध्यागमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।'

Ncell
Extreme Energy

गृहमन्त्री लामिछानले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार बारे आफू जानकार भएको बताउँदै अध्यागमनका कर्मचारीलाई व्यवहार सुधार गर्न निर्देशन समेत दिए ।

साथै  केही खराव कर्मचारीका कारण धेरै इमान्दार कर्मचारीले दोष पाउने गरेको भन्दै आफूले खराबलाई चिनेर इमान्दारलाई प्रोत्साहित गर्ने समेत बताए । विभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले  विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

भर्खरै