नेभिगेशन
सबै कुरा

अध्यागमनका अधिकारीहरूलाई गृहमन्त्रीको चेतावनी: 'खराबलाई मैले चिनेको छु, बानी सुधार्नुस् '

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अध्यागमन सुधार्नका लागि अध्यागमनकै कर्मचारीबाट योजना मागेका छन् । मंगलबार अध्यागन विभाग कालिाकास्थानमा कर्मचारीलाई निर्देशन दिदै गृहमन्त्री लामिछानेले अध्यागनम सुधार गर्नै पर्ने अवस्थामा भएकाले, आफूले निर्देशन गर्नुुभन्दा पहिला अध्यागमनका कर्मचारीको योजना खोजेका हुन् । 

सुधारका लागि कर्मचारीबाट आउने योजनालाई मन्त्रालयले सहयोग गर्ने बताउँदै लामिछानेले भने 'विदेशीका लागि अध्यागमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।'

गृहमन्त्री लामिछानले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार बारे आफू जानकार भएको बताउँदै अध्यागमनका कर्मचारीलाई व्यवहार सुधार गर्न निर्देशन समेत दिए ।

साथै  केही खराव कर्मचारीका कारण धेरै इमान्दार कर्मचारीले दोष पाउने गरेको भन्दै आफूले खराबलाई चिनेर इमान्दारलाई प्रोत्साहित गर्ने समेत बताए । विभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले  विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै