नेभिगेशन
सबै कुरा

नेपालका लागि भारत र दक्षिण कोरियाका राजदूतले भेटे गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । गृहमन्त्री लामिछानेलाई उनीहरुले मन्त्रालयमै छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा लामिछाने र श्रीवास्तवबिच ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, वृहत र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको छ । त्यस्तै खुला सीमाबीच पनि दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेको भन्दै राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्ने बताएका छन् ।

त्यस्तै राजदुत श्रीवास्तवले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको बताएका छन् । 

गृहमन्त्रीसँगाको भेटका क्रममा राजदूत श्रीवास्तवले सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढिकरण तथा आतंकवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन भारत इच्छुक रहेको बताएका छन् । 

त्यस्तै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले गृहमन्त्रीसँगको भेटवार्ताका क्रममा रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको संख्या बढाउँदै लैजाने, दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने र साना उद्यमको विकासमार्फत नेपाल फर्किएकालाई रोजगारी सिर्जनामा केन्द्रित गराउने प्रयास भइरहेको जानकारी दिएका छन् । उनले नेपालमा कोरियाबाट प्रत्यक्ष वैदेशिक लगानी र सहायता भित्र्याउन पनि जोड दिइएको बताएका छन् । 

भेटका क्रममा गृहमन्त्री लामिछानलेले दक्षिण कोरियामा काम गर्ने श्रमिक र श्रमिकको परिवारको तर्फबाट समानजनक काम गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै कृषि, उद्योग, पर्यटन, सीप विकास, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दक्षिण कोरियाको ठूलो सहयोग र सहकार्य रहने अपेक्षा व्यक्त गरेका छन् । 

असल मित्र रहेकाले दक्षिण कोरियासँग नेपालको आशा र अपेक्षा पनि धेरै क्षेत्रमा रहेको भन्दै मन्त्री लामिछानेले सहकार्यलाई थप प्रगाढ बनाउन आवश्यक रहेकोमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै