नेभिगेशन
सबै कुरा

हिरासत छल्न अस्पतालको साहरा लिने प्रवृत्ति न्यूनीकरणबारे अध्ययन गर्न काउन्सिललाई गृहको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले हिरासत छल्न अस्पतालको सहरा लिने प्रवृत्ति न्यूनीकरणबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिललार्य आग्रह गरेको छ । गृहकले काउन्सिललाई  रायसहितको प्रतिवेदन दिन आग्रह गरेको हो । 

अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रबृत्ति बढ्दै जाँदा  जनस्तरबाट पनि प्रश्न उठ्ने गरेको र  चिकित्सकले गरेका सिफारिससमेत असामान्य तथा अविश्वसनीय हुने गरेको गृहको पत्रमा उल्लेख गरिएको छ । 

City Express

पत्रमा भनिएको छ, ‘पक्राउ परेका व्यक्ति अनावश्यक रुपमा अस्पताल भर्ना हुँदा प्रहरी अनुसन्धान र पुर्पक्षमा बाधा पुग्ने र प्रहरीप्रति नै अविश्वासको वातावरण सिर्जना हुने विद्यमान परिस्थितिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ, प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन जरुरी देखिएकाले निम्न विषयमा त्यस काउन्सिलबाट आवश्यक अध्ययन गरी रायसहतिको प्रतिवेदन उपलब्ध गराइदिनु हुन अनुरोध छ।’ गृहले देहाय बमोजिम अध्ययन गरी राय दिन भनेको छ । 

१. पक्राउ परेका व्यक्तिका लागि चिकित्सकीय सेवा उपलब्ध गराउनेबारे विभिन्न देशले गरेका कानूनी प्रबन्ध, बनाएका मापदण्ड र चिकित्सकीय आधार र संलग्नता।

२. चिकित्सकीय सेवा उपलब्ध गराउने सम्बन्धी नेपालको विद्यमान कानूनी प्रबन्ध वा अभ्यासमा नेपाल मेडिकल काउन्सिलको संलग्नता र हालसम्म काउन्सिल सहभागी भएको घटनाको विवरण र ति घटनाको निश्कर्ष।

३. चिकित्सकीय सहायताका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचार–संहिता आकर्षित हुने÷नहुने अवस्था तथा संभावित कारबाहीको आधार र प्रावधान।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।

भर्खरै