नेभिगेशन
सबै कुरा

हत्या भएका दम्पतीकाे एउटै चितामा दाहसंस्कार, अनुसन्धानमा सकस

पर्वत । जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो । जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत र म्याग्दीका स्थानीयको ओइरो नै लागेको थियो । 

Ncell
Extreme Energy

कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् ।  

वृद्ध दम्पतीलाई हत्या नै गर्नुपर्ने कुनै कारण नदेखिएको स्थानीय लालबहादुर अधिकारीले बताए । अकल्पनीय र सुन्नै नसकिने घटनाले गाउँ नै शोकमग्न बनेको उहाँको भनाइ छ । दम्पती हत्या भएको पाँच दिनसम्म पनि दोषी पक्राउ पर्न सकेका छैनन् । 

नेपाल प्रहरीको गण्डकी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली अहिले पनि गाउँमै अनुसन्धानमा व्यस्त रहेको छ । आफन्त वा शङ्कास्पद व्यक्तिलाई शोधपुछ गर्ने, बयान लिने र अन्य प्राविधिक कोणबाट अनुसन्धान कार्य जारी रहेको जिल्लाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।  

जिसी दम्पतीलाई लुटेराले नै हत्या गरेको प्रहरीको ठहर छ । गरगहना लुटपाट गर्ने, अन्य सम्पत्ति खोजीका लागि बाकस तोडफोड गर्नेजस्ता घटनाले लुटेरा समूहले हत्या गरेको प्रहरीको निष्कर्ष रहेको छ । 

जिसी परिवारले एक सातापछि कास्कीको पोखरामा जग्गा किन्ने तयारीसमेत गरेको खुलेको छ । जग्गा खरिदका लागि रकम जुटाइरहेको र त्यही रकम लुट्ने उदेश्यले दम्पतीको हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानको निष्कर्ष छ । दम्पतीको हत्या सम्पत्ति लुट्ने उद्देश्यले भएको निष्कर्षमा पुगेको प्रहरीलाई हत्या कसले गरेको हो भन्ने विषयमा पाँच दिनसम्म पनि पत्ता लगाउन समस्या देखिएको छ । 

जिसी परिवारका बारेमा पहिचान भएकै व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै विभिन्न कोणबाट अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भुसालले बताए । 

जलजला–२ का वडाध्यक्ष प्रकाशबहादुर जिसीले मृतक दम्पतीले यही महिना पोखरामा जग्गा किन्न लागेको जानकारी दिए । वडाध्यक्ष जिसीका अनुसार पोखरामा जग्गा किन्नका लागि पहिल्यै बैना गरिसकेको र यही महिनाभित्रमा पास गर्ने तयारी गरेको थाहा पाएर रकम लुट्नका लागि हत्या गरेको हुनसक्छ । 

उनीहरुले स्थानीय साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट पाँच लाख, रोक्का भएको जग्गाबाट  पाँच लाख ऋण लिने र पछि अरु जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने योजना बनाएको जनाइएको छ । 

त्यसैगरी मल्लाज बहुद्देश्यीय सहकारी संस्थाबाट यही चैत २७ गते  १० लाख लिने तयारी रहेको स्थानीयले बताएका छन् । उनीहरुले जग्गा पास गर्नका लागि घरमा रकम जम्मा गरेको शङ्कामा लुटपाट गरेको र त्यस क्रममा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...