नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्तेमा कारबाही नगरेको भन्दै सिडियो र प्रहरीको पुत्ला दहन

वीरगंज । नागरिकता किर्ते गरेको विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाही प्रकृया अगाडि नबढाएको भन्दै पर्साका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको पुत्ला दहन गरिएको छ । 

स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले वीरगंजको माईस्थानमा जम्मा भएर प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको पुत्ला दहन गरेका हुन् ।  

CG

नागरिकता किर्ते र तिनका लागी गरेको सरकारी कागजात किर्ते लगायतको विषयमा प्रहरी प्रशासनले अनुसन्धान प्रकृया अगाडी नबढाएको भन्दै पटक पटक विभिन्न विरोधका कार्यक्रम हुँदै आएको छ ।  मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठलाई नागरिकता दिलाऊँदा गरेको  सरकारी कागजात किर्ते लगायतको प्रमाण प्रशासनसँग हुँदाहुँदै मेयर सिंहलाई पक्राउ गरी कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गरिएको सहभागी मध्येका नेकपा एमालेका नेता लियाकत अलिले बताए । 

नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानविन समिति बनेपनि प्रतिवेदन अझैसम्म बाहिर आएको छैन् । 

यता मेयर सिंहले नयाँ नयाँ हतकण्डा अपनाइ शक्तिकेन्द्र धाउनेदेखी प्रमाण नष्ट गर्ने काम समेत गरिरहेका छन् । मेयर कार्यवाहीबाट बच्न कानुनी छिद्रमा टेकेर कहिले दोश्रो श्रीमती स्विकार्ने, कहिले अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिन लगाउने, कहिले पञ्जिकरण अधिकारीलाई प्रलोभनमा पारी किर्ते कागजात स्विकार्न दबाब दिने त कहिले धाकधम्की दिने काम गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...