नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्तेमा कारबाही नगरेको भन्दै सिडियो र प्रहरीको पुत्ला दहन

वीरगंज । नागरिकता किर्ते गरेको विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाही प्रकृया अगाडि नबढाएको भन्दै पर्साका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको पुत्ला दहन गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले वीरगंजको माईस्थानमा जम्मा भएर प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको पुत्ला दहन गरेका हुन् ।  

Ncell
Extreme Energy

नागरिकता किर्ते र तिनका लागी गरेको सरकारी कागजात किर्ते लगायतको विषयमा प्रहरी प्रशासनले अनुसन्धान प्रकृया अगाडी नबढाएको भन्दै पटक पटक विभिन्न विरोधका कार्यक्रम हुँदै आएको छ ।  मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठलाई नागरिकता दिलाऊँदा गरेको  सरकारी कागजात किर्ते लगायतको प्रमाण प्रशासनसँग हुँदाहुँदै मेयर सिंहलाई पक्राउ गरी कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गरिएको सहभागी मध्येका नेकपा एमालेका नेता लियाकत अलिले बताए । 

नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानविन समिति बनेपनि प्रतिवेदन अझैसम्म बाहिर आएको छैन् । 

यता मेयर सिंहले नयाँ नयाँ हतकण्डा अपनाइ शक्तिकेन्द्र धाउनेदेखी प्रमाण नष्ट गर्ने काम समेत गरिरहेका छन् । मेयर कार्यवाहीबाट बच्न कानुनी छिद्रमा टेकेर कहिले दोश्रो श्रीमती स्विकार्ने, कहिले अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिन लगाउने, कहिले पञ्जिकरण अधिकारीलाई प्रलोभनमा पारी किर्ते कागजात स्विकार्न दबाब दिने त कहिले धाकधम्की दिने काम गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...

भर्खरै