नेभिगेशन
सबै कुरा

पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको को किटानी जाहेरी परेको छ । एक महिलाले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको प्रहरी स्रोतले जनाएको छ । 

जाहेरीमा बस्नेतले पटक पटक बलात्कार गरेको, करिब तीन महिनाको भ्रुण हत्या गरेको आरोप लगाइएको छ । साथै जाहेरीकताृ महिलाले आफू बस्ने अपार्टमेण्टमा बस्नेतले केटाहरु पठाएर मोबाइल लगायत डिभाइस लेगेको र कुटपिट समेत गरेको आरोप लगाइएको छ । 

City Express

बस्नेत एमाले निकट राष्ट्रिय युवा संघको संयोजक हुन् भने उनी पूर्वमन्त्री समेत हुन् । उनी सुशील कोइराला प्रधानमन्त्री भएको समयमा उद्योगमन्त्री बनेका थिए । 

प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै