नेभिगेशन
सबै कुरा

नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौँ । सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । 

मंगलबार बसेको बैठकको सुरुमै कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । सो क्रममा कांग्रेसकी सचेतक सुशीला थिङले प्रतिपक्षी दलले उठाएको गम्भीर विषय सम्बोधन नगरेर गलाउने रणनीति लिएको भन्दै सदनको कामकारवाही अघि बढ्न नसक्ने बताएका थिए । उनले गृहमन्त्री भएकै कारण रवि लामिछानेमाथि अनुसन्धान नभएको र छानविन समिति गठन गर्न सत्तापक्ष तयार नभएको धारणा राखे । थिङले धारणा राखेपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस सांसदहरुले विरोध जनाएका थिए । बैठकमा सभामुख घिमिरेले सहज रुपमा सदनको कामकारवाही अघि बढाउन आग्रह गरेपनि विरोध कायमै रहेपछि बैठक १५ मिनेटका लागि स्थगीत गरे । 

यसअघिको बैठकमा संसदीय छानविन समिति गठनका लागि ध्यानाकर्षण गराएर बैठक सञ्चालन भएपनि मंगलबार भने कांग्रेसले कार्यसूचीमा नै प्रवेश नगरि बैठक अवरोध गरेको हो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...