नेभिगेशन
सबै कुरा

नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौँ । सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बसेको बैठकको सुरुमै कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । सो क्रममा कांग्रेसकी सचेतक सुशीला थिङले प्रतिपक्षी दलले उठाएको गम्भीर विषय सम्बोधन नगरेर गलाउने रणनीति लिएको भन्दै सदनको कामकारवाही अघि बढ्न नसक्ने बताएका थिए । उनले गृहमन्त्री भएकै कारण रवि लामिछानेमाथि अनुसन्धान नभएको र छानविन समिति गठन गर्न सत्तापक्ष तयार नभएको धारणा राखे । थिङले धारणा राखेपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस सांसदहरुले विरोध जनाएका थिए । बैठकमा सभामुख घिमिरेले सहज रुपमा सदनको कामकारवाही अघि बढाउन आग्रह गरेपनि विरोध कायमै रहेपछि बैठक १५ मिनेटका लागि स्थगीत गरे । 

Ncell
Extreme Energy

यसअघिको बैठकमा संसदीय छानविन समिति गठनका लागि ध्यानाकर्षण गराएर बैठक सञ्चालन भएपनि मंगलबार भने कांग्रेसले कार्यसूचीमा नै प्रवेश नगरि बैठक अवरोध गरेको हो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।