नेभिगेशन
सबै कुरा

कांग्रेस सभापतिको हस्ताक्षरबाट ललिता निवास भ्रष्टाचारको सुरुवात भएको थियो : डा.स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवास भष्टाचारको सुरुवातकर्ता नै कांग्रेस भएको आरोप लगाएका छन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.वाग्लेले यस्तो बताएका हुन् । 

कांग्रेसले संसदीय समितिलाई दुरुपयोग गरेर व्यक्ति खुइल्याउने थलोका रुपमा प्रयोग गरेको भन्दै डा. वाग्लेले देशका एक दुई नभनी सबै प्रकारका भ्रष्ट्राचारका फाइलहरुको स्वतन्त्र अनुसन्धान हुनुपर्ने भन्दै ललिता निवास  जग्गा प्रकरणको प्रसँग निकाले । 

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन गृहमन्त्री एवम् हालका प्रमुख प्रतिपक्षी दलका सभापतिको हस्ताक्षरबाट सुरु भएको उनको भनाई थियो । 

‘राष्ट्रिय स्वतन्त्र पार्टी त २०४७ यताकै काण्डहरु छानबिन गर्न हिँडेको हो । । सरकारको न्युनतम साझा कार्यक्रममै २०४७ यताका सबै प्रकारका भ्रष्टाचारको फाइल खोल्ने भन्ने घोषित नीति छ,’ डा वाग्लेले थपे,‘ललिता निवास भ्रष्टाचार त प्रम्ख प्रतिपक्षी दलको नेता गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो । हामी ललिता निवास सहित वाइडबडीसम्मका सबै भ्रष्टाचारको छानबिन गर्ने हो ।’

संसदीय छानबिन समितिलाई व्यक्ति खुइल्याउने अस्त्र नबनाउन उनले कांग्रेसलाई आग्रह पनि गरे । रास्वपा देशका सबैखाले भ्रष्टाचारको फाइल खोल्न आएको भन्दै उनले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग समेत गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै