नेभिगेशन
सबै कुरा

कांग्रेस सभापतिको हस्ताक्षरबाट ललिता निवास भ्रष्टाचारको सुरुवात भएको थियो : डा.स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवास भष्टाचारको सुरुवातकर्ता नै कांग्रेस भएको आरोप लगाएका छन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.वाग्लेले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसले संसदीय समितिलाई दुरुपयोग गरेर व्यक्ति खुइल्याउने थलोका रुपमा प्रयोग गरेको भन्दै डा. वाग्लेले देशका एक दुई नभनी सबै प्रकारका भ्रष्ट्राचारका फाइलहरुको स्वतन्त्र अनुसन्धान हुनुपर्ने भन्दै ललिता निवास  जग्गा प्रकरणको प्रसँग निकाले । 

Ncell
Extreme Energy

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन गृहमन्त्री एवम् हालका प्रमुख प्रतिपक्षी दलका सभापतिको हस्ताक्षरबाट सुरु भएको उनको भनाई थियो । 

‘राष्ट्रिय स्वतन्त्र पार्टी त २०४७ यताकै काण्डहरु छानबिन गर्न हिँडेको हो । । सरकारको न्युनतम साझा कार्यक्रममै २०४७ यताका सबै प्रकारका भ्रष्टाचारको फाइल खोल्ने भन्ने घोषित नीति छ,’ डा वाग्लेले थपे,‘ललिता निवास भ्रष्टाचार त प्रम्ख प्रतिपक्षी दलको नेता गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो । हामी ललिता निवास सहित वाइडबडीसम्मका सबै भ्रष्टाचारको छानबिन गर्ने हो ।’

संसदीय छानबिन समितिलाई व्यक्ति खुइल्याउने अस्त्र नबनाउन उनले कांग्रेसलाई आग्रह पनि गरे । रास्वपा देशका सबैखाले भ्रष्टाचारको फाइल खोल्न आएको भन्दै उनले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग समेत गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।