नेभिगेशन
सबै कुरा

उपनिर्वाचनका लागि आचारसंहिता लागु, के गर्न पाइँदैन ?

काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजबाट इलाम र बझाङमा निर्वाचन आचारसंहिता लागु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) का लागि आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ । आजबाट लागु भएको आचारसंहित निर्वाचन सम्पन्न भएपछि मात्रै सकिने छ । 

Ncell
Extreme Energy

के हो निर्वाचन आचारसंहिता ?

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगले जारी गर्ने नियमहरु हुन् । आचारसंहिता मतदात, उम्मेदवार, पार्टी, कर्मचारी देखि संचारमाध्यम र सरकारी कामकाजमा समेत लागू हुन्छ । साथै सरकारी स्रोत साधनको प्रयोगमा समेत आचारसंहिता लागू हुन्छ ।

आचारसंहित लागू भएपछि  के के गर्न पाइदैन ?

१) सार्वजनिक स्रोत, साधन तथा राज्यको सम्पत्ति  कुनै दल वा उम्मेदवारको पक्ष/विपक्षमा प्रयोग गर्न पाइने छैन ।

२) सरकारी भवन, सार्वजनिक संस्थाको संरचना, विद्यालय प्रयोग गरि चुनावी प्रचार प्रसार तथा भेला गर्न पाइने छैन । 

३) प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउँदैनन् । उम्मेदवार भएको हकमा सरकारी स्रोतधानका  प्रयोग नगरी प्रचार गर्न भने पाउँछन् । 

४)संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन् । 

५)सरकारी कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउँदैनन् । 

६) निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीले कुनै पनि उम्मेदवारको पक्षविपक्ष लिन पाउँदैनन्  । 

७) विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने शिक्षक प्रध्यापकहरु कुनै दल वा उम्मेदवारको पक्ष  विपक्ष लिन  पाउँदैनन् । 

राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसार कसरी गर्ने ?

१) राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको प्रचारप्रसार सभ्य र अनुशासित भई गर्नुपर्छ । त्यसका लागि प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । 

२) प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउँदैनन् ।

यस बाहेक मतदानको २४ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । त्यस अवधिका लागि आचारसंहित झनै कडा हुन्छ । 

बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबै उम्मेदवारहरुलाई मंगलबार निर्वाचन चिह्न वितरण गरिएको थियो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।