नेभिगेशन
सबै कुरा

उपनिर्वाचनका लागि आचारसंहिता लागु, के गर्न पाइँदैन ?

काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजबाट इलाम र बझाङमा निर्वाचन आचारसंहिता लागु भएको छ । 

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) का लागि आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ । आजबाट लागु भएको आचारसंहित निर्वाचन सम्पन्न भएपछि मात्रै सकिने छ । 

के हो निर्वाचन आचारसंहिता ?

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगले जारी गर्ने नियमहरु हुन् । आचारसंहिता मतदात, उम्मेदवार, पार्टी, कर्मचारी देखि संचारमाध्यम र सरकारी कामकाजमा समेत लागू हुन्छ । साथै सरकारी स्रोत साधनको प्रयोगमा समेत आचारसंहिता लागू हुन्छ ।

आचारसंहित लागू भएपछि  के के गर्न पाइदैन ?

१) सार्वजनिक स्रोत, साधन तथा राज्यको सम्पत्ति  कुनै दल वा उम्मेदवारको पक्ष/विपक्षमा प्रयोग गर्न पाइने छैन ।

२) सरकारी भवन, सार्वजनिक संस्थाको संरचना, विद्यालय प्रयोग गरि चुनावी प्रचार प्रसार तथा भेला गर्न पाइने छैन । 

३) प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउँदैनन् । उम्मेदवार भएको हकमा सरकारी स्रोतधानका  प्रयोग नगरी प्रचार गर्न भने पाउँछन् । 

४)संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन् । 

५)सरकारी कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउँदैनन् । 

६) निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीले कुनै पनि उम्मेदवारको पक्षविपक्ष लिन पाउँदैनन्  । 

७) विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने शिक्षक प्रध्यापकहरु कुनै दल वा उम्मेदवारको पक्ष  विपक्ष लिन  पाउँदैनन् । 

राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसार कसरी गर्ने ?

१) राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको प्रचारप्रसार सभ्य र अनुशासित भई गर्नुपर्छ । त्यसका लागि प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । 

२) प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउँदैनन् ।

यस बाहेक मतदानको २४ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । त्यस अवधिका लागि आचारसंहित झनै कडा हुन्छ । 

बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबै उम्मेदवारहरुलाई मंगलबार निर्वाचन चिह्न वितरण गरिएको थियो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै