नेभिगेशन
सबै कुरा

सुकुम्बासी टोलमा लागुऔषध कारोबार गर्ने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित सुकुम्बासी टोलमा लागुऔषध कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । टोलमा लागुऔषध कारोबार भएको सूचनापश्चात खन्तलासी गर्न पुगेको प्रहरीले लागुऔषध र नगदसहित उनीहरुलाई प्रकाउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका ६ चितवन घर भई सिनामंगल बस्ने ५१ वर्षीया लक्ष्मी परियार, घनगढी उपमहानगरपालिका १२ घर भई सिनामंलग बस्ने इन्द्र बहादुर साउँद, दोलखा घर भई सिनामंगल बस्ने सृजना विक र सिनामंगलमै बसोबास गर्दै आएकी मिना बस्नेत रहेका छन् । 

Ncell
Extreme Energy

प्रहरीले उनीहरुको साथबाट नुरफिन २४ एम्पुल, डाइजापाम ९५ एम्पुल, फेनरागन ४७ एम्पुल, पोल्याण्ड एक केजी ९८० ग्रामसहित ४ लाख १६ हजार ३ सय ५० रुपैँया नगद, ८ थान मोबाइल, १ थान ल्याप्टप र १ थान पावर बैंक बरामद गरेको छ ।  


पक्राउ परेका व्यक्तिउपर लागुऔषध सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी नवराज अधिकारीले बताए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...