नेभिगेशन
सबै कुरा

सुकुम्बासी टोलमा लागुऔषध कारोबार गर्ने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित सुकुम्बासी टोलमा लागुऔषध कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । टोलमा लागुऔषध कारोबार भएको सूचनापश्चात खन्तलासी गर्न पुगेको प्रहरीले लागुऔषध र नगदसहित उनीहरुलाई प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका ६ चितवन घर भई सिनामंगल बस्ने ५१ वर्षीया लक्ष्मी परियार, घनगढी उपमहानगरपालिका १२ घर भई सिनामंलग बस्ने इन्द्र बहादुर साउँद, दोलखा घर भई सिनामंगल बस्ने सृजना विक र सिनामंगलमै बसोबास गर्दै आएकी मिना बस्नेत रहेका छन् । 

City Express

प्रहरीले उनीहरुको साथबाट नुरफिन २४ एम्पुल, डाइजापाम ९५ एम्पुल, फेनरागन ४७ एम्पुल, पोल्याण्ड एक केजी ९८० ग्रामसहित ४ लाख १६ हजार ३ सय ५० रुपैँया नगद, ८ थान मोबाइल, १ थान ल्याप्टप र १ थान पावर बैंक बरामद गरेको छ ।  


पक्राउ परेका व्यक्तिउपर लागुऔषध सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी नवराज अधिकारीले बताए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै