नेभिगेशन
सबै कुरा

इजरायली आकाशमा इरानका सयौँ घातक ड्रोन र मिसाइल, ५ हजार नेपाली छन् जमिनमा

काठमाडौँ । इरानले नेपाली समयअनुसार मध्यरातको बिहान १ बजे इजरायल विरुद्ध भीषण युद्ध सुरु गरेको छ ।  इरानले सच्चा प्रतिज्ञा (ट्रू प्रमिस) नाम दिएको आक्रमण सुरु गरेसँगै त्यहाँ युद्धको त्रास पैदा भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायलमाथि एक सय बढी ड्रोन र मिसाइल प्रहार गरिएको इरानको दाबी छ । आक्रमणका कारण हालसम्म एक बालिका घाइते भएको बाहेक अन्य घटना सार्वजनिक भएको छैन् । 

Ncell
Extreme Energy

इजरायलले इरानी आक्रमणको प्रतिरक्षा गरिरहेको जनाएको छ । दुई शक्तिशाली मुलुकबीच सुरु भएको युद्धबीच त्यहाँ रहेका नेपालीहरूमाथिको चिन्ता बढेको छ ।

नेपालस्थित इजरायली दूतावासका अनुसार इजरायलमा ५ हजार नेपालीहरू केयर गिभर पेशामा कार्यरत छन् । इजरायलमाथि इरानले आक्रमण सुरु गरेको नेपालस्थित इजरायली दूतावासले पुष्टी गरेको छ।

सिधाकुरासँग कुरा गर्दै नेपालका लागि इजरायलका राजदूत हनान् गोदरले आक्रमण भएको बताए । इजरायलले आक्रमण विरुद्ध कडा प्रतिकार गरिरहेको पनि बताए ।  उनका अनुसार इजरायलमा ४ हजार ५ सय देखि ५ हजार नेपालीहरू रोजगारीमा छन् ।

‘हाम्रो विवरणअनुसार इजरायलमा ४५ सय देखि ५ हजार नेपालीहरू रोजगारीमा छन्’ राजदूत गोदरले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।