नेभिगेशन
सबै कुरा

इजरायली आकाशमा इरानका सयौँ घातक ड्रोन र मिसाइल, ५ हजार नेपाली छन् जमिनमा

काठमाडौँ । इरानले नेपाली समयअनुसार मध्यरातको बिहान १ बजे इजरायल विरुद्ध भीषण युद्ध सुरु गरेको छ ।  इरानले सच्चा प्रतिज्ञा (ट्रू प्रमिस) नाम दिएको आक्रमण सुरु गरेसँगै त्यहाँ युद्धको त्रास पैदा भएको छ । 

इजरायलमाथि एक सय बढी ड्रोन र मिसाइल प्रहार गरिएको इरानको दाबी छ । आक्रमणका कारण हालसम्म एक बालिका घाइते भएको बाहेक अन्य घटना सार्वजनिक भएको छैन् । 

इजरायलले इरानी आक्रमणको प्रतिरक्षा गरिरहेको जनाएको छ । दुई शक्तिशाली मुलुकबीच सुरु भएको युद्धबीच त्यहाँ रहेका नेपालीहरूमाथिको चिन्ता बढेको छ ।

नेपालस्थित इजरायली दूतावासका अनुसार इजरायलमा ५ हजार नेपालीहरू केयर गिभर पेशामा कार्यरत छन् । इजरायलमाथि इरानले आक्रमण सुरु गरेको नेपालस्थित इजरायली दूतावासले पुष्टी गरेको छ।

सिधाकुरासँग कुरा गर्दै नेपालका लागि इजरायलका राजदूत हनान् गोदरले आक्रमण भएको बताए । इजरायलले आक्रमण विरुद्ध कडा प्रतिकार गरिरहेको पनि बताए ।  उनका अनुसार इजरायलमा ४ हजार ५ सय देखि ५ हजार नेपालीहरू रोजगारीमा छन् ।

‘हाम्रो विवरणअनुसार इजरायलमा ४५ सय देखि ५ हजार नेपालीहरू रोजगारीमा छन्’ राजदूत गोदरले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...