नेभिगेशन
सबै कुरा

सिधाकुरा ब्रिफिङ: इरानद्वारा इजरायलमाथि आक्रमणको ८ घण्टामा अहिलेसम्म कहाँ के-के भयो ?

काठमाडौँ । इजरायलमाथि इरानले आक्रमण गरेको ८ घण्टा बितेको छ । नेपाली समय अनुसार रातीको बिहान १ बजेर ४५ मिनेट जाँदा इरानले सयौँ ड्रोन र मिसाइल इजरायलको आकासमाथि प्रहार गरेको इरानको इभुलुसनरी गार्ड (आइआरजिसी) लाई उदृत गर्दै अलजजिराले जनाएको छ । 

इजरायली भूमिलाई लक्षित गर्दै इरानले सैन्य हमला गरेको यो पहिलो पटक हो । आक्रमणपछि इजरायलकाे राजधानी तेलअभिव र वेस्ट जेरुसेलममा बिस्फोटनका आवाजहरू  सुनिएका छन् । विभिन्न ७२० लोकेसनमा हवाई हमलाको आवाजहरू सुनिएका छन् । इजरायली डिफेन्स फोर्सले केही ड्रोन र मिसाइल खसालेको दाबी गरेका छन् । 

इजरायली सैन्य अधिकारीहरूकाअनुसार इरानले इजरायली आकाशमा २ सय हाराहारी किलर ड्रोन, ब्यालेस्टिक मिसाइल र क्रुज मिसाइल प्रहार गरेका छन् । 

इजरायलको दक्षिणी सैन्य बेसमा इरानको आक्रमणका कारण सानो भौतिक क्षति पुगेको बताइएको छ । इजरायली सेनाका प्रवक्ता डानियल हगारीले हालसम्म आक्रमणका कारण एक महिला घाइते भएको जानकारी प्राप्त भएको जानकारी दिएका छन् । 

इजरायलको होम फ्रन्ट कमान्डले आफ्ना नागरिकलाई नजिकका बम सेल्टरमा बस्न अनुरोध गरेको छ । संयुक्त राष्ट्र संघका लागि इरानका मिसन प्रमुखले सिरियामा इरानी वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफ दिइएको बताएका छन् । 

संयुक्त राष्ट्र संघले इजरायलमाथि इरानको आक्रमण लगत्तै आपत्कालिन सुरक्षा परिषद्को बैठक बोलाएको छ । यो भनेको नेपाली समयअनुसार आइतबार दिउँसो १ बजेर ४५ मिनेट को हो । 

इरानको हमला लगत्तै इराक, जोर्डन, लेबनान र इजरायलले हवाई क्षेत्र अस्थायी रुपमा बन्द गरेका छन् । ति मुलुकका सयौँ हवाई सेवा प्रभावित बनेका छन् ।  

-अन्तराष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...