नेभिगेशन
सबै कुरा

सिधाकुरा ब्रिफिङ: इरानद्वारा इजरायलमाथि आक्रमणको ८ घण्टामा अहिलेसम्म कहाँ के-के भयो ?

काठमाडौँ । इजरायलमाथि इरानले आक्रमण गरेको ८ घण्टा बितेको छ । नेपाली समय अनुसार रातीको बिहान १ बजेर ४५ मिनेट जाँदा इरानले सयौँ ड्रोन र मिसाइल इजरायलको आकासमाथि प्रहार गरेको इरानको इभुलुसनरी गार्ड (आइआरजिसी) लाई उदृत गर्दै अलजजिराले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायली भूमिलाई लक्षित गर्दै इरानले सैन्य हमला गरेको यो पहिलो पटक हो । आक्रमणपछि इजरायलकाे राजधानी तेलअभिव र वेस्ट जेरुसेलममा बिस्फोटनका आवाजहरू  सुनिएका छन् । विभिन्न ७२० लोकेसनमा हवाई हमलाको आवाजहरू सुनिएका छन् । इजरायली डिफेन्स फोर्सले केही ड्रोन र मिसाइल खसालेको दाबी गरेका छन् । 

Ncell
Extreme Energy

इजरायली सैन्य अधिकारीहरूकाअनुसार इरानले इजरायली आकाशमा २ सय हाराहारी किलर ड्रोन, ब्यालेस्टिक मिसाइल र क्रुज मिसाइल प्रहार गरेका छन् । 

इजरायलको दक्षिणी सैन्य बेसमा इरानको आक्रमणका कारण सानो भौतिक क्षति पुगेको बताइएको छ । इजरायली सेनाका प्रवक्ता डानियल हगारीले हालसम्म आक्रमणका कारण एक महिला घाइते भएको जानकारी प्राप्त भएको जानकारी दिएका छन् । 

इजरायलको होम फ्रन्ट कमान्डले आफ्ना नागरिकलाई नजिकका बम सेल्टरमा बस्न अनुरोध गरेको छ । संयुक्त राष्ट्र संघका लागि इरानका मिसन प्रमुखले सिरियामा इरानी वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफ दिइएको बताएका छन् । 

संयुक्त राष्ट्र संघले इजरायलमाथि इरानको आक्रमण लगत्तै आपत्कालिन सुरक्षा परिषद्को बैठक बोलाएको छ । यो भनेको नेपाली समयअनुसार आइतबार दिउँसो १ बजेर ४५ मिनेट को हो । 

इरानको हमला लगत्तै इराक, जोर्डन, लेबनान र इजरायलले हवाई क्षेत्र अस्थायी रुपमा बन्द गरेका छन् । ति मुलुकका सयौँ हवाई सेवा प्रभावित बनेका छन् ।  

-अन्तराष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।

भर्खरै