नेभिगेशन
सबै कुरा

शिक्षा क्षेत्रमा भएको दलीय राजनीति अन्त्य गर्छु : शिक्षामन्त्री श्रेष्ठ

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा भएको दलीय राजनीजि अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताएकी छिन् । विद्यालय, विश्वविद्यालय लगायत जुनसुकै शैक्षिक क्षेत्रमा भएका र हुनेगरेका राजनीतिक हस्तक्षेप अन्त्य गर्न आग्रह गर्दै मन्त्रालय पुगेका प्राज्ञिकहरुको समूहसँग मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीतिले दबदबा गरेको र त्यसको अन्त्य गर्न आफूले सुरुदेखि नै काम गरिरहेको बताएकी हुन् । 


‘दलीय राजनीति भएको ठाउँमा राम्रो मान्छेले प्रोत्साहन पनि नपाउने र खराब काम गर्नेलाई दण्डित गर्ने अवस्था छैन ।’, उनले थपिन् ‘तर शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि शिक्षा क्षेत्रमा भएको दलीय राजनीति अन्त्य गर्न आफू प्रतिबद्ध र कटिबद्ध छु ।’

मन्त्रीकै श्रेष्ठकाे कार्यकक्षमा पुगेर प्राज्ञिकहरुको समूहले अध्ययन अनुसन्धानका लागि स्थापित उच्चस्तरका शैक्षिक–प्राज्ञिक संस्थाहरु बारम्बार राजनैतिक हस्तक्षेपबाट आक्रान्त हुनेगरेको भन्दै त्यस्ता गतिविधिलाई अन्त्य गर्न आग्रह गरेका छन् । 

मन्त्रीसँगको भेटका क्रममा प्राज्ञिक केदारभक्त माथेमाले सम्पूर्ण राजनीतिक दलहरुले पहिला आफ्ना पार्टीका सदस्यहरुलाई शैक्षिक क्षेत्रमा प्रवेश नगराउने प्रतिबद्धता जनाएमात्र शैक्षिक क्षेत्रको प्रगति हुने बताए । उनले अन्य क्षेत्रमा हुने सहमतिजस्तै शैक्षिक क्षेत्रमा हुने राजनीति अन्त्य गर्न पनि राष्ट्रिय सहमतिमा सम्पूर्ण राजनीतिक दलहरु आउनुपर्ने बताए । ‘अहिलेको अवस्थामा प्रधानमन्त्रीले सम्पूर्ण राजनीतिक दहरुलाई बोलाएर शैक्षिक क्षेत्रमा आफ्नो पार्टीबाट कुनैपनि संलग्नता र हस्तक्षेप हुँदैन, तपाईँहरुको पार्टीबाट हुनुभएन भनेर १२ बुँदे सहमति गरेजस्तै सहमति गर्नुभयो भने शैक्षिक क्षेत्रको प्रगति छिट्टै हुन्छ ।’, प्राज्ञिक केदारभक्त माथेमाले भने । 

त्यस्तै उनले विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा धन्यवाद दिँदै माथिको नियुक्तिमात्रै नभएर तल्लो तह (विद्यालय) बाटै शैक्षिक क्षेत्रको सुद्धिकरण गर्न मन्त्री श्रेष्ठलाई आग्रह गरे ।

त्यसको जवाफमा शिक्षामन्त्री श्रेष्ठले आफूहरुले कुनै पनि शिक्षकहरु राजनीतिक दलको सदस्य रहेको थाहा पाएमा निर्मम भएर कारबाही गर्ने बताइन् । ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौँ, शिक्षकले राजनीतिक दलमा रहेर राजनीति गर्न पाइँदैन । यदि त्यस्तो छ भने हामी निर्मम भएर कानुनअनुसार कारबाही गर्छौँ’,उनले थपिन्, ‘काहीँ त्यस्तो छ भने उजुरी गर्नका लागि हामीले सार्वजनिक आह्वान नै गरिसकेका छौँ । तपाईँहरुले पनि सल्लाह सुझाव दिइरहनुहोला ।’

त्यस्तै मन्त्री श्रेष्ठले आफ्नो तर्फबाट शैक्षिक क्षेत्रहरुमा कुनै दबाब, प्रभाव र हस्तक्षेप नहुने र अन्य राजनीतिक दलहरुलाई पनि हस्तक्षेप नगर्न आग्रह गरिदिन प्राज्ञिकहरुलाई आग्रह गरेकी छिन् ।

त्यस्तै उनले विद्यालयलाई शिक्षा क्षेत्र मात्र नभएर समाजमा चेतना दिने ठाउँको रुपमा हेरेको र त्यस्ले श्रमिक उत्पादन मात्र नभएर सभ्य नागरिक समेत उत्पादनमा भुमिका खेल्ने भएकाले आफूहरुले सोही रुपमा लिएर अघि बढेको बताएकी छिन् । उनले भनिन्, ‘सानोबाट नै बालबालिकाको स्वभाव परिवर्तन गराउनका लागि हामीले केही डिजिटल कार्यक्रमहरु ल्याउने प्रक्रियामा छौँ । त्यसमा तपाईँहरु (प्राज्ञिक) को अमूल्य साथ, सहयोग र सहकार्यको अपेक्षा गरेको छु ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् ।