नेभिगेशन
सबै कुरा

शिक्षा क्षेत्रमा भएको दलीय राजनीति अन्त्य गर्छु : शिक्षामन्त्री श्रेष्ठ

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा भएको दलीय राजनीजि अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताएकी छिन् । विद्यालय, विश्वविद्यालय लगायत जुनसुकै शैक्षिक क्षेत्रमा भएका र हुनेगरेका राजनीतिक हस्तक्षेप अन्त्य गर्न आग्रह गर्दै मन्त्रालय पुगेका प्राज्ञिकहरुको समूहसँग मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीतिले दबदबा गरेको र त्यसको अन्त्य गर्न आफूले सुरुदेखि नै काम गरिरहेको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘दलीय राजनीति भएको ठाउँमा राम्रो मान्छेले प्रोत्साहन पनि नपाउने र खराब काम गर्नेलाई दण्डित गर्ने अवस्था छैन ।’, उनले थपिन् ‘तर शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि शिक्षा क्षेत्रमा भएको दलीय राजनीति अन्त्य गर्न आफू प्रतिबद्ध र कटिबद्ध छु ।’

मन्त्रीकै श्रेष्ठकाे कार्यकक्षमा पुगेर प्राज्ञिकहरुको समूहले अध्ययन अनुसन्धानका लागि स्थापित उच्चस्तरका शैक्षिक–प्राज्ञिक संस्थाहरु बारम्बार राजनैतिक हस्तक्षेपबाट आक्रान्त हुनेगरेको भन्दै त्यस्ता गतिविधिलाई अन्त्य गर्न आग्रह गरेका छन् । 

मन्त्रीसँगको भेटका क्रममा प्राज्ञिक केदारभक्त माथेमाले सम्पूर्ण राजनीतिक दलहरुले पहिला आफ्ना पार्टीका सदस्यहरुलाई शैक्षिक क्षेत्रमा प्रवेश नगराउने प्रतिबद्धता जनाएमात्र शैक्षिक क्षेत्रको प्रगति हुने बताए । उनले अन्य क्षेत्रमा हुने सहमतिजस्तै शैक्षिक क्षेत्रमा हुने राजनीति अन्त्य गर्न पनि राष्ट्रिय सहमतिमा सम्पूर्ण राजनीतिक दलहरु आउनुपर्ने बताए । ‘अहिलेको अवस्थामा प्रधानमन्त्रीले सम्पूर्ण राजनीतिक दहरुलाई बोलाएर शैक्षिक क्षेत्रमा आफ्नो पार्टीबाट कुनैपनि संलग्नता र हस्तक्षेप हुँदैन, तपाईँहरुको पार्टीबाट हुनुभएन भनेर १२ बुँदे सहमति गरेजस्तै सहमति गर्नुभयो भने शैक्षिक क्षेत्रको प्रगति छिट्टै हुन्छ ।’, प्राज्ञिक केदारभक्त माथेमाले भने । 

त्यस्तै उनले विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा धन्यवाद दिँदै माथिको नियुक्तिमात्रै नभएर तल्लो तह (विद्यालय) बाटै शैक्षिक क्षेत्रको सुद्धिकरण गर्न मन्त्री श्रेष्ठलाई आग्रह गरे ।

त्यसको जवाफमा शिक्षामन्त्री श्रेष्ठले आफूहरुले कुनै पनि शिक्षकहरु राजनीतिक दलको सदस्य रहेको थाहा पाएमा निर्मम भएर कारबाही गर्ने बताइन् । ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौँ, शिक्षकले राजनीतिक दलमा रहेर राजनीति गर्न पाइँदैन । यदि त्यस्तो छ भने हामी निर्मम भएर कानुनअनुसार कारबाही गर्छौँ’,उनले थपिन्, ‘काहीँ त्यस्तो छ भने उजुरी गर्नका लागि हामीले सार्वजनिक आह्वान नै गरिसकेका छौँ । तपाईँहरुले पनि सल्लाह सुझाव दिइरहनुहोला ।’

त्यस्तै मन्त्री श्रेष्ठले आफ्नो तर्फबाट शैक्षिक क्षेत्रहरुमा कुनै दबाब, प्रभाव र हस्तक्षेप नहुने र अन्य राजनीतिक दलहरुलाई पनि हस्तक्षेप नगर्न आग्रह गरिदिन प्राज्ञिकहरुलाई आग्रह गरेकी छिन् ।

त्यस्तै उनले विद्यालयलाई शिक्षा क्षेत्र मात्र नभएर समाजमा चेतना दिने ठाउँको रुपमा हेरेको र त्यस्ले श्रमिक उत्पादन मात्र नभएर सभ्य नागरिक समेत उत्पादनमा भुमिका खेल्ने भएकाले आफूहरुले सोही रुपमा लिएर अघि बढेको बताएकी छिन् । उनले भनिन्, ‘सानोबाट नै बालबालिकाको स्वभाव परिवर्तन गराउनका लागि हामीले केही डिजिटल कार्यक्रमहरु ल्याउने प्रक्रियामा छौँ । त्यसमा तपाईँहरु (प्राज्ञिक) को अमूल्य साथ, सहयोग र सहकार्यको अपेक्षा गरेको छु ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...