नेभिगेशन
सबै कुरा

लागूऔषध मुद्दामा दोषी ठहरिएका एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागूऔषध मुद्दामा दोषी ठहरिएका उनी फरार थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

२०६१ साउन ८ गते काठमाडौँबाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका उनलाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध कारोबारमा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना सजाय तोकेको थियो । त्यस्यता फरार रहेका उनी पक्राउ परेका हुन् । 

सर्लाही घर भएर काठमाडौँ बस्दै आएका लामालाई लागूऔषध कारोबारमा २०६१ साल भदौ २५ गते काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यस्तै उनलाई जिल्ला अदालतले २०६२ जेठ १० मा ६ महिना मात्र कैद सजाय फैसला सुनाएपछि उनी कारागारबाट निस्किएका थिए । 

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो। जसमा उच्च अदालत पाटनले दावा लागुऔषध प्रयोगकर्ता मात्रै नभएर कारोबारी समेत भएको ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना सजाय तोकेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...