नेभिगेशन
सबै कुरा

लागूऔषध मुद्दामा दोषी ठहरिएका एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा दोषी ठहरिएका उनी फरार थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

City Express

२०६१ साउन ८ गते काठमाडौँबाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका उनलाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध कारोबारमा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना सजाय तोकेको थियो । त्यस्यता फरार रहेका उनी पक्राउ परेका हुन् । 

सर्लाही घर भएर काठमाडौँ बस्दै आएका लामालाई लागूऔषध कारोबारमा २०६१ साल भदौ २५ गते काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यस्तै उनलाई जिल्ला अदालतले २०६२ जेठ १० मा ६ महिना मात्र कैद सजाय फैसला सुनाएपछि उनी कारागारबाट निस्किएका थिए । 

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो। जसमा उच्च अदालत पाटनले दावा लागुऔषध प्रयोगकर्ता मात्रै नभएर कारोबारी समेत भएको ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना सजाय तोकेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै