नेभिगेशन
सबै कुरा
जी-२०

जी-२० चीनको बीआरआईलाई चुनौती दिदै मोदीले घोषणा गरे भारत मध्यपूर्व युरोप आर्थिक करिडोर

भारतको नयाँदिल्लीमा आयोजित जी-२० सम्मेलनले नयाँदिल्ली लिडर्स घोषणा पत्र जारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली लिडर्स घोषणा पत्रमा सहमति भएको र यसबाट इतिहास रहेको बताएका छन् । सामाजिक सन्जालमा एक्समा मोदिले लेखेको छन् ‘हाम्रो टिमको कडा परिश्रम र तपाईंहरु सबैको सहयोगबाट नयाँदिल्ली जी(२० लिडर्स घोषणा पत्रमा सहमती जुटेको छ । यो सहमतिसँगै नयाँ इतिहास रचिएको छ ।’  रुसी र युक्रेनको युद्धको विषयलाई लिएर यस्तो घोषणा पत्र जारी हुनेमा विज्ञहरुले शंका व्यक्त गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर सम्मेलनमा सहभागी रुसलाई समेत नचिढाउने गरी घोषणा पत्र जारी गरिएको छ । भारतीय मिडियाहरुका अनुसार घोषणा पत्रमा ‘कुनै देशको क्षेत्रीय अखण्डता, सम्प्रभूता या राजनीतिक स्वतन्त्रताविरुद्ध बल उपयोगबाट जोगिनु पर्ने र परमाणु हतियारको प्रयोग वा प्रयोग गर्ने धम्की अस्वीकार्य छ ।’ अहिलेको युग युद्धको नभएको भन्दै संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्त अनुरुप काम गर्ने उल्लेख गरिएको छ । 

Ncell
Extreme Energy

साथै सम्मेलनले चीनलाई चुनौती दिदै भारत मध्यपूर्व युरोप आर्थिक करिडोरको घोषणा गरेको छ । यो चीनले सुरु गरेको बीआरआई परियोजना जस्तै हो । 

बीबीसीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको काम छिट्टै सुरु हुने बताएका छन्  । 

घोषणपत्र जारी गर्दै मोदीले भनेका छन्  ‘यसले पूरै विश्वलाई कनेक्टिभिटी र विकासको लागि दिगो बाटो देखाउने छ । बलियो सन्चार र भौतिक पूर्वाधार मानव सभ्यताको विकासको मूल आधार हो ।’ यसअन्तर्गत निर्माण हुने रेलवे मार्गबाट भारत र युरोपबीचको व्यापार सहज र छिटो हुने अपेक्षा छ ।

चीनको बीआरआईलाई चुनौती दिने परियोजना घोषणा गर्दा अमेरिकी राष्ट्रपति जो बाइडन, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युरोपियन कमिसनका प्रमुख उर्सला वान डेर लियेनको पनि सँगै थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक...
भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय चर्चित वातावरण तथा शिक्षा अभियानी सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको भोक हड्ताल तोडेका छन् ।
भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरण र व्यापक अनियमितताविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदै गएको छ।