नेभिगेशन
सबै कुरा

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अङ्कले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर रु दुई अर्ब नौ करोड ३६ लाख १२ हजार सात सय ९२ मूल्यमा खरिद बिक्री भएका छन् । 

Dish home
City Express

कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स रु १० करोड ५१ लाख ३७ हजार छ सय ७९, पोखरा फाइनान्स रु सात करोड ३७ लाख ५५ हजार छ सय ४६, शिवम् सिमेन्ट रु पाँच करोड ४५ लाख १९ हजार एक सय २३ र हिमालयन रिइन्स्योरेन्स रु पाँच करोड ३० लाख ४९ हजार पाँच सय ५१ मूल्यमा कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर सात दशमलव ९४, पोखरा फाइनान्स छ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी पाँच दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले पाँच दशमलव ५९ प्रतिशतले कमाएका छन् । 

रुरु जलविद्युत् परियोजना नौ दशमलव ९९, गुर्खाज फाइनान्स नौ दशमलव३९, सिभिल बैंकको ऋणपत्र आठ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले पाँच दशमलव ८४ प्रतिशतले गुमाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचक २२ अङ्कले घट्यो

नेप्से परिसूचक २२ अङ्कले घट्यो

कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५...
सेयर निष्काशन र लगानीकर्ताको समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी

सेयर निष्काशन र लगानीकर्ताको समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पान)ले २८ महिनादेखि आईपीओ र राइट सेयर निष्काशनमा भएको ढिलाईको कारणले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको भन्दै सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या...
नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो

मंगलबार ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता शेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२...
नेप्से परिसूचक ४४ अङ्कले बढ्यो

नेप्से परिसूचक ४४ अङ्कले बढ्यो

सोमबार ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ बराबरको कारोबार...