नेभिगेशन
सबै कुरा

सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

रुपन्देहीको बुटवलमा रहेको उक्त सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका उनलाई ४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको हो ।  अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

City Express

सहकारी ठगि प्रकरणमा उनी गत चैत २ गते ललितपुरको झम्सिखेलबाट पक्राउ परेका थिए । 

त्यस्तै अदालतले दीपेशसँगै ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी प्रकरणमा जोडिएका नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी माग गर्दै रिहा गर्न अदालतले आदेश दिएको हो । 

अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै