नेभिगेशन
सबै कुरा

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण : सुनिल पौडेल भ्रष्टाचारी ठहर, ८ जनाले पाए सफाई

नेसनल पेमेन्ट गेटवे (एनपीजी) भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतले पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा फैसला गर्दै ९ मध्ये १ जनालाई दोषी र अन्यलाई सफाई दिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले अकुत सम्पत्तिसम्बन्धी मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका पौडेललाई पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर गरेको हो । अकुत सम्पत्ति आर्जनको आरोपमा पौडेल गत १० माघमा पक्राउ परेका थिए । सो प्रकरणमा दोषी ठहर भएका पौडेलको सजाय भने तोकिएको छैन । उनीमाथि आगामी बैशाख २५ गतेको पेशीमा सजाय तोकिने बताइएकाे छ ।

City Express

त्यस्तै अख्तियारले मुद्दा दायर गरेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ लगायत रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीले सफाई पाएकाे विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।  । 

नेसनल पेमेन्ट गेटवे (एनपीजी) खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध गत असोज १५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयाेगले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै