नेभिगेशन
सबै कुरा

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण : सुनिल पौडेल भ्रष्टाचारी ठहर, ८ जनाले पाए सफाई

नेसनल पेमेन्ट गेटवे (एनपीजी) भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतले पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा फैसला गर्दै ९ मध्ये १ जनालाई दोषी र अन्यलाई सफाई दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले अकुत सम्पत्तिसम्बन्धी मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका पौडेललाई पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर गरेको हो । अकुत सम्पत्ति आर्जनको आरोपमा पौडेल गत १० माघमा पक्राउ परेका थिए । सो प्रकरणमा दोषी ठहर भएका पौडेलको सजाय भने तोकिएको छैन । उनीमाथि आगामी बैशाख २५ गतेको पेशीमा सजाय तोकिने बताइएकाे छ ।

Ncell
Extreme Energy

त्यस्तै अख्तियारले मुद्दा दायर गरेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ लगायत रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीले सफाई पाएकाे विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।  । 

नेसनल पेमेन्ट गेटवे (एनपीजी) खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध गत असोज १५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयाेगले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...