नेभिगेशन
सबै कुरा

सेक्युरिटी प्रिन्टिङ प्रेसका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दर्ता

काठमाडाैँ । सेक्युरिटी प्रिन्टिङ प्रेसका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ ।  गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमेरिकाको पीआर लिएर सार्वजनिक ओहोदाको पदमा बसेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएकै अवस्थामा झुटो विवरण उपलब्ध गराएर कानुनविपरित सार्वजनिक पदमा बसेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । 

City Express

२०८० वैशाखमा मुद्दा दायर भएका विकल पौडेलले भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको आशंकामा गत माघ १० गते अख्तियारले उनलाई निवासबाटै नियन्त्रणमा लिएको थियो । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै