नेभिगेशन
सबै कुरा

कतारका राजालाई राष्ट्रपतिको आग्रह, विपिन जोशीको रिहाइको पहल गरिदिनुस्

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजालाई आग्रह गरेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले निमन्त्रणामा दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् । 

राष्ट्रपतिको सचिवालयका अनुसार असोज २० मा इजरायलमाथि भएको प्यालेस्टिनी विद्रोही समूहको हमास आक्रमण पछि बेपत्ता विपिनको रिहाइका लागि राष्ट्रपति पौडेलले चासो व्यक्त गरेका हुन् । 

राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले विपिन जोशी रिहाइको विषय उठाएका उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिको उक्त चासोलाई कतारका राजाले सकारात्मक रुपमा लिएको पनि राष्ट्रपति कार्यालयले जनाएको छ । 

भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...