नेभिगेशन
सबै कुरा

आफूमाथि लागेको अपराध आरोपबाट उम्किन गृहमन्त्रीकाे टिप्पणी गर्दा प्रहरीले यातना दिएको भ्रम फैलाए

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेका कारण  प्रहरीले यातना दिएको भन्दै सार्वजनिक भएको भिडियाको दावी गलत भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले विज्ञप्ती जारी गर्दै भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको भिडियोबारे ध्यानाकर्षण भएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा उनले गृहमन्त्री लामिछानेविरुद्ध गरेको टिकाटिप्पणीका कारण प्रहरीले ब्युरोले यातना दिएको दाबी गरेका थिए । साथै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको समेत बताइएको छ । 

Ncell
Extreme Energy

तर साइबर ब्यूरोले वास्तविकता भने फरक भएको बताएको छ । ब्युरोका अनुसार ऋषीराज झा नामको फेसबुकबाट अश्लिल सामग्री पोष्ट गरी हैरानी दिएको भन्दै उजुरी परेको थियो । उक्त उजुरीबारे अनुसन्धान गर्दा उक्त आइडी जाजरकोटका गणेशमान सिंहले चलाउने गरेको खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई प्रहरी कार्यालय बोलाएको थियो । सिंह बैशाख १२ गते कार्यालय पुगेका थिए । उनको साथीले दिएको पूर्व जानकारी अनुसार सोधखोज गर्दा उनले २ स्ट्रिप सिटामोल खाएर आएको बया दिएका थिए । त्यसपछि प्रहरीले तत्कालै उनलाई वीर अस्पताल लगेको थियो । र उनले अस्पतालको बेडबाटै भ्रमपूर्ण भिडियो सार्वजनिक गरेका थिए  । उनले आफूविरुद्ध दर्ता भएको आपराधिक उजुरीको अनुसन्धानमा समेत बाधा उद्देश्यले उक्त भिडियो पोष्ट गरेको ब्यूरोको विज्ञप्तीमा उल्लेख छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...