नेभिगेशन
सबै कुरा

आफूमाथि लागेको अपराध आरोपबाट उम्किन गृहमन्त्रीकाे टिप्पणी गर्दा प्रहरीले यातना दिएको भ्रम फैलाए

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेका कारण  प्रहरीले यातना दिएको भन्दै सार्वजनिक भएको भिडियाको दावी गलत भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले विज्ञप्ती जारी गर्दै भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको भिडियोबारे ध्यानाकर्षण भएको जनाएको छ । 

गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा उनले गृहमन्त्री लामिछानेविरुद्ध गरेको टिकाटिप्पणीका कारण प्रहरीले ब्युरोले यातना दिएको दाबी गरेका थिए । साथै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको समेत बताइएको छ । 

City Express

तर साइबर ब्यूरोले वास्तविकता भने फरक भएको बताएको छ । ब्युरोका अनुसार ऋषीराज झा नामको फेसबुकबाट अश्लिल सामग्री पोष्ट गरी हैरानी दिएको भन्दै उजुरी परेको थियो । उक्त उजुरीबारे अनुसन्धान गर्दा उक्त आइडी जाजरकोटका गणेशमान सिंहले चलाउने गरेको खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई प्रहरी कार्यालय बोलाएको थियो । सिंह बैशाख १२ गते कार्यालय पुगेका थिए । उनको साथीले दिएको पूर्व जानकारी अनुसार सोधखोज गर्दा उनले २ स्ट्रिप सिटामोल खाएर आएको बया दिएका थिए । त्यसपछि प्रहरीले तत्कालै उनलाई वीर अस्पताल लगेको थियो । र उनले अस्पतालको बेडबाटै भ्रमपूर्ण भिडियो सार्वजनिक गरेका थिए  । उनले आफूविरुद्ध दर्ता भएको आपराधिक उजुरीको अनुसन्धानमा समेत बाधा उद्देश्यले उक्त भिडियो पोष्ट गरेको ब्यूरोको विज्ञप्तीमा उल्लेख छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै