नेभिगेशन
सबै कुरा

लोपोन्मुख लुलुगाई हत्या आरोपमा तीन पक्राउ

मनाङ । लुलुगाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलुगाई हत्या आरोपमा निजहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार डोल्पाको काकोट गाउँपालिका–९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङलाई नियन्त्रणमा लिइएको छ । उनीहरू ङिस्याङमा ज्याला मजदुरी गर्दै आएका छन् । 

Extreme Energy
citizen life

उनीहरुले आइतबार साँझ डिस्याङ–६ माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रयोजनका लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।  “जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही गरिनेछ,” सिंहले भने ।  लुलुगाई लोपोन्मुख अवस्थामा रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बिहान करिब ११ः४० बजे सवारी साधन चेकजाँच गर्ने क्रममा अटोमा ल्याइँदै गरेको अवस्थामा २७ किलो गाँजा बरामद गरेको हो। प्रहरीले उक्त...
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र  भक्तपुर सूर्यविनायक...
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो । कारागारभित्रै गुटबन्दी गरी अशान्ति...