नेभिगेशन
सबै कुरा

संसदको कामकारवाही सहज रुपमा अघि बढ्नेगरि जिम्मेवार हुन दलहरुलाई सभामुखकाे आग्रह

काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसदको कामकारवाही सहज रुपमा अघि बढ्नेगरि जिम्मेवार हुन आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सिंहदरबारमा संसदको अवरोध, सरकारको नीति तथा कार्यक्रमको तयारी लगाएतका विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख घिमिरेले संसदको आगामी बैठक सहज रुपमा चल्ने वातावरण बनाउन आग्रह गरेका हुन् । छलफलका क्रममा कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान कायमै रहेको जानकारी गराएको थियो । सत्तारुढ दलले अहिलेको अवस्थामा समिति गठन नहुने धारणा राखेको थियो ।

Ncell
Extreme Energy

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले छानविन समितिको अडानका बारेमा जानकारी गराएको बताए । उनले संसद अवरुद्ध गर्ने अवस्था सिर्जना गरेर सरकारले प्रतिपक्षीसंग न्याय नगरेको धारणा राखे । यस बिषयमा प्रधानमन्त्रीलाई पनि जानकारी गराएको अवस्थामा प्रधानमन्त्रीले उचित निकास निकाल्ने उनको भनाइ छ ।

त्यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानूनसम्मत नभएको बताए । उनले समितिका नाममा कांग्रेसले सरकार माग गरेकाले सम्भव नरहेको जिकिर गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सदन सुचारु गर्ने बिषयमा छलफल भएको बताए । उनले संसदको गतिरोध अन्यका लागि निरन्तर छलफल हुने धारणा राखे ।

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा जोडिएका जिवी राईको खोजीका लागि सरकार गम्भीर हुनुपर्ने बताए । जिबीलाई प्रधानमन्त्रीले भगाएको अभिव्यक्ति सहि भए कारवाही गर्नुपर्ने उनको भनाइ छ ।

बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारको जेठ १ गते प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमलाई सहज रुपमा प्रस्तुत गर्ने वातावरण बनाउने विषयमा छलफल भएको जानकारी दिए । उनले अहिलेको अवस्थामा संसदीय समिति गठन नहुनेमा स्पष्ट रहेको धारणा राखे ।

जेठ १ गते बस्ने संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ । उक्त बैठकलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन सभामुखले बिभिन्न दलसंग छलफल गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।