नेभिगेशन
सबै कुरा

कांग्रेसले बहिस्कार गर्याे कोशी प्रदेश सभाको बैठक

काठमाडाैँ । नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम भएपनि कांग्रेस सहभागी नहुने भएको हो । 

कोशी प्रदेश सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै नेपाली कांग्रेसले विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुने भएको हो । नेपाली कांग्रेसले संसद बहिस्कारको पत्र लेखेर सभामुखलाई पठाएको छ । 

City Express

प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने कांग्रेसको अडान छ । सोही कारणलाई देखाउँदै उसले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

२७ वैशाखमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...