नेभिगेशन
सबै कुरा

कांग्रेसले बहिस्कार गर्याे कोशी प्रदेश सभाको बैठक

काठमाडाैँ । नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम भएपनि कांग्रेस सहभागी नहुने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी प्रदेश सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै नेपाली कांग्रेसले विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुने भएको हो । नेपाली कांग्रेसले संसद बहिस्कारको पत्र लेखेर सभामुखलाई पठाएको छ । 

Ncell
Extreme Energy

प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने कांग्रेसको अडान छ । सोही कारणलाई देखाउँदै उसले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

२७ वैशाखमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।