नेभिगेशन
सबै कुरा

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन गरेको छ।साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा। रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व संकलन हुन नसकेको बताए। ‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ,’उनले भने, ‘माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो।’

Ncell
Extreme Energy

भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा रु ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महिनाको अवधिमा भने रु ४० अर्ब तीन करोड संकलन गरेको छ।

प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गो रेलबाट ढुवानी हुनेगरेको छ। विगतमा दैनिक तीनवटा कार्गो रेलबाट मालसमान आउने गरेकामा हाल दुईवटाबाट आउने गरेको छ। कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ।

भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन हुने जनाइएको छ।

प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व सङ्कलनमा घटेको बताए। ‘यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन,’ उनले भने, ‘गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गथ्र्यो यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन।’

कार्यालयले चालु आवको साउन महिनामा रु चार अर्ब सात करोड राजस्व सङ्कलन गर्‍यो। भदौ महिनामा रु चार अर्ब ५७ करोड र असोज महिनामा रु चार अर्ब ४६ करोड राजस्व संकलन गरेको थियो। उक्त कार्यालयले कात्तिक महिनामा रु तीन अर्ब ६३ करोड, मङ्सिर महिनामा रु चार अर्ब २८ करोड, पुस महिनामा रु तीन अर्ब ७५ करोड राजस्व संकलन गर्‍‍यो। कार्यालयले माघ महिनामा रु तीन अर्ब ७४ करोड, फागुन महिनामा रु तीन अर्ब ६२ करोड, चैत महिनामा चार अर्ब २८ करोड र वैशाख महिनामा रु तीन अर्ब ५८ करोड राजस्व संकलन गरेको जनाएको छ।

भन्सार विभागले कार्यालयलाई गत आवमा रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो तर उक्त कार्यालयले रु ४२ अर्ब ४० करोड २२ लाख ९३ हजारमात्र संकलन गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।
जोखिमयुक्त बस्ती सार्ने यस्तो छ बालेन सरकारको बृहत् योजना, प्रतिभालाई जिम्मा

जोखिमयुक्त बस्ती सार्ने यस्तो छ बालेन सरकारको बृहत् योजना, प्रतिभालाई जिम्मा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जोखिमयुक्त बस्ती सार्ने सरकारको योजनालाई अझ बल दिएको छ ।
बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।